• जनकपुरधाम, ८ असोज ः राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गर्नुभएको छ । सोही अवसरमा उहाँले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण गर्नुभयो । 

    राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गर्नुभयो । राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्नुभएको थियो । 

    राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको आज दिउँसो समुद्घाटन कार्यक्रम रहेको छ ।  सोही सभाहलमा जनकपुरधाम उपमहानगरपालिकाका तर्फबाट आयोजना गरिने  नागरिक अभिनन्दन उहाँले ग्रहण गर्नुहुनेछ । 

    राष्ट्रपति पौडेललाई विशेष सम्मानसहित नागरिक अभिनन्दन गर्न लागिएको जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले जानकारी दिनुभयो । 

सम्वन्धित समाचार

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…

आजमिति २०८० साल माघ १९ गते तदअनुसार २ फरवरी सन् २०२४ शुक्रबार, अभिजित् मुहूर्तस् बिहान ११ः५५देखि १२…

 काठमाडौँ, ८ माघ : नेपाल, कम्बोडिया र बर्माका कलाकारले अमेरिकाको फिलाडेल्फियामा आइतबार आयोजित एक …