• मोरङ । चासोक तङ्नामको अवसरमा मोरङको पथरीशनिश्चरेमा भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको तयारी भइरहेको छ । 
    लिम्बू समुदायको सांस्कृतिक चाड चासोक पथरीशनिश्चरे—१० स्थित सिरिजंङ्गा धार्मिक वन तथा किरात याक्थुङ चुम्लुङ नगर समितिको संयुक्त अयोजनामा हुन लागेको हो । 
    यो बर्ष पुस १० गते चासोक तङ्नाम परेको छ । चासोक तङ्नाम पुस ८ गतेदेखि तीन दिनसम्म भलिबल लगायतका खेलकुद तथा चर्चित कलाकारहरुको उपसमिति सांस्कृतिक कार्यक्रमको तयारी भइरहेको सिरिजङ्गा धार्मिक वनका अध्यक्ष डम्बर लिम्बूले जानकारी दिए । 
    चासोक मनाउन मूल आयोजक समिति गठन हुनुको साथै बिभिन्न उपसमितिहरु गठन भएको किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष बिक्रम लिम्बूले जानकारी दिए । सांस्कृतिक कार्यक्रम संयोजक भरतध्वज लिम्बू, राष्ट्रिय कलाकार संयोजन गणेश थक्लुङ लिम्बू, सांस्कृतिक खेलकुद संयोजक गोविन्द वनेम, पुजा संयोजकमा कुलबहादुर लिम्बु, प्रचारप्रसार संयोजकमा मणि लुङ्फुङ्वा, स्वयम सेवक उपसमितिको संयोजकमा रोशन मादेम्बालाई जिम्मेवारी तोकिएको अध्यक्ष डम्बर लिम्बूले बताए । 
    सिरिजंङ्गा धार्मिक वनको सक्रियतामा पथरीशनिश्चरे नगरपालिका सँग संयुक्त कार्यक्रम बनाइ पथरी खोला अतिक्रमण हटाउने र सफाइ अभियान हुने भएको छ । धार्मिक वन र नगरपालिकाको संयुक्र बैठक पछि नगरपालिकाले अतिक्रमण भएको ४५ फिट खोलाको भाग खालि गर्न ३५ दिने सुचना जारी गरिसकेको छ । 

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…