• मोरङ । चासोक तङ्नामको अवसरमा मोरङको पथरीशनिश्चरेमा भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको तयारी भइरहेको छ । 
    लिम्बू समुदायको सांस्कृतिक चाड चासोक पथरीशनिश्चरे—१० स्थित सिरिजंङ्गा धार्मिक वन तथा किरात याक्थुङ चुम्लुङ नगर समितिको संयुक्त अयोजनामा हुन लागेको हो । 
    यो बर्ष पुस १० गते चासोक तङ्नाम परेको छ । चासोक तङ्नाम पुस ८ गतेदेखि तीन दिनसम्म भलिबल लगायतका खेलकुद तथा चर्चित कलाकारहरुको उपसमिति सांस्कृतिक कार्यक्रमको तयारी भइरहेको सिरिजङ्गा धार्मिक वनका अध्यक्ष डम्बर लिम्बूले जानकारी दिए । 
    चासोक मनाउन मूल आयोजक समिति गठन हुनुको साथै बिभिन्न उपसमितिहरु गठन भएको किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष बिक्रम लिम्बूले जानकारी दिए । सांस्कृतिक कार्यक्रम संयोजक भरतध्वज लिम्बू, राष्ट्रिय कलाकार संयोजन गणेश थक्लुङ लिम्बू, सांस्कृतिक खेलकुद संयोजक गोविन्द वनेम, पुजा संयोजकमा कुलबहादुर लिम्बु, प्रचारप्रसार संयोजकमा मणि लुङ्फुङ्वा, स्वयम सेवक उपसमितिको संयोजकमा रोशन मादेम्बालाई जिम्मेवारी तोकिएको अध्यक्ष डम्बर लिम्बूले बताए । 
    सिरिजंङ्गा धार्मिक वनको सक्रियतामा पथरीशनिश्चरे नगरपालिका सँग संयुक्त कार्यक्रम बनाइ पथरी खोला अतिक्रमण हटाउने र सफाइ अभियान हुने भएको छ । धार्मिक वन र नगरपालिकाको संयुक्र बैठक पछि नगरपालिकाले अतिक्रमण भएको ४५ फिट खोलाको भाग खालि गर्न ३५ दिने सुचना जारी गरिसकेको छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यामिक विद्यालयले एसइई परीक्षा…

मोरङ । मोरङको पथरी शनिश्चरे–१० भुटानी शरणार्थी शिविर डाँडामा नेपालका १६ औँ राष्ट्रिय विभूति तथा क…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कफी बनाउने वारिष्टा, कुक र ड्राइभिङ तालिम समापन भएको छ ।  …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले एक सञ्चार सस्थासहित चार जना पत्रकारलाई सम्मान पुरस्कार र १३ जनालाई…