• मोरङ । निर्माण कम्पनी (ठेकदार)ले काम छाडेर हिडेपछि हिलो र धुलोबाट पीडित उपभोक्ताहरुले सडकमै पत्रकार सम्मेलन गरेर विरोध जनाएका छन् ।
    यो खबर मोरङ पथरीशनिश्चरे नगर स्थित मनमोहन गान्धी सडकको हो । पथरीशनिश्चरे १० भुटानी शरणार्थी शिविर मुख्य सडक दक्षिण रंगेलीसम्म २५ किलो मिटर लम्बाई र ६० फिट चौडाइ रहने सडक निर्माणको ठेक्का पूर्ण तामाङको कान्छाराम कन्स्ट्रक्सन कम्पनीले पारेको थियो । 
    कान्छारामले १ करोड ९४ लाख ९४ हजारमा टेन्डर पारेको स्थानीय प्रेम वनेम लिम्बूले बताए । 
    कालोपत्रे (पुरानो) उप्काएर ग्राबेल लगाएर हिडेपछि निर्माण कम्पनी करिव दुई बर्षदेखि बेपत्ता छ । अलपत्र छाडिएपछि यातायात चलाउनमा समस्यासँगै सडक पूर्ब पश्चिम किनारमा रहेका उपभोत्ताको घर बर्खामा हिलो र हिउदमा धुलोले पुर्ने गरेको छ । 
    सकड छेउमा भएको घरलाई धुलोले छपक्कै छोप्ने भएकोले करिव २ बर्षदेखि सुद्ध खाना खान र लुगा धोएर सुकाउन नपाएको पीडितहरुको भनाइ छ । अत्याधिक थुलोको कारण बृद्धाबद्धा र बालबालिकाको स्वास्थ्यमा समस्या भइरहेको संघर्ष समितिको सदस्य ईश्वर चौहानले बताए । 
    सडक अलपत्र छाडेर ठेक्दार हडेपछि स्थानीय उपभोक्ता मात्र होइन खाल्डाखुल्डी र धुलोको कारण उक्त सडकभएर यात्रा गर्न कठिन भएको संघर्ष समितिको सहसंयोजक सुमन वनेम लिम्बूले बताए । 
    पटक पटक चेतावनी दिदा सुनुवाइ नभएपछि मंगलबार (मंसीर १२) विहानदेखि पथरीशनिश्चरे ९ स्थित महेन्द्र चोक, शनिश्चरे बजार लगायत तीन स्थानमा स्थानीयबासीले ढाट र ढुङ्गाहरु राखेर सडक अवरोध गरेका छन् । 
    पीडितहरुले वीरेन्द्र गुरुङको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरेर आन्दोलन सुरु गरेका ह्न । दुई दिन सडक बन्द हुँदा पनि स्थानीय सरकार र ठेकदार कम्पनीले कुनै चासो नदेखाएको भन्दै आज (मंसीर १३)मा महेन्द्र चोक स्थित सडकमै पत्रकार सम्मेलन गरेर पीडितहरुले गुनासो सुनाएका हुन् । 
    संघर्ष समितिका संयोजक वीरेन्द्र गुरुङले कान्छाराम कम्पनीले सडक निर्माण सुरु नगरेसम्म बन्द नखोल्ने बताए । बेवास्था भए नगरको अन्य सडकहरु पनि बन्द गर्ने संघर्ष समितिको सहसंयोजक रमा दाहालले बताए । पत्रकार सम्मेलनमा पीडित उपभोक्ताहरु ब्यापक सहभागिता रहेको थियो । 
    सडक पुन निर्माण सुरुहुनु अघि उपभोक्ताहरुले लागत योजना हेर्ने र गुणस्तरमा निगरानी गर्ने राख्नुपर्ने अवस्था आउको स्थानीय प्रेम वनेम लिम्बूले बताएका छन् । कान्छाराम निर्माण कम्पनीले एक बर्ष अघिनै निर्माण सकेर हस्तातरन गर्नुपर्नेमा ढिलासुस्तीको साथै काम छाडेर अलपत्र पर्दा स्थानीयले समस्या झेल्दै आउनु परेको छ । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव बिहिबार वि…

मोरङ । मोरङको पथरी सनिश्चरेबाट प्रकाशितहुँदै आएको जमर्को साप्ताहिकले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ।…

उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिब पदमा युवा ब्यवसाय…

मोरङ । पालिकाको सौन्दर्यता बढाउने लगायतको रकम व्यवस्थापन गर्दै मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २…