• जीवन हाताचो राई

    नेपाली काग्रेस पार्टीलाई उत्तानो पारेर एमालेको बुई चढ्दै जस्केलाबाट मुख्यमन्त्री बनेका केदार कार्कीको जोस हेर्दा लाग्छ ‘नयाँ जोगीले धेरै खरानी घस्छ ।’ 
    २०८० मंसीर १९ गते काग्रेसको एउटा भवन उदघाटन कार्यक्रममा उपलब्धि भन्दा धेरै कुरा गुमाएर ओखलढुङ्गाबाट फर्केका छन । त्यति मात्र हैन ओखलढुंगा काग्रेस र केन्द्रीय नेताहरु लाई समेत क्षेति पु¥याएर फर्केका छन मुख्यमन्त्री कार्की । जुन यसरी समीक्षा गर्न सकिन्छ ।
    १) प्रदेश नं. १ पुन नामाङ्कन सयुक्त संघर्ष समिति र संघर्ष समितिका नेताहरुको आग्रहलाई अस्वीकार गर्दै कडा सुरक्षा घेरामा दोस्रो पटक चोरबाटो प्रयोग गर्दै कटारी, घुर्मीहुँदै ओखलढुंगा पुग्नु पर्ने अवस्था आउनु उनको लागी सुखद सन्देश थिएन ।

    २) कोशी नाममा हस्ताक्षर कर्ता ८२ सांसद मध्येका मुख्यमन्त्री र दुई प्रदेश  सदस्यको प्रचार गर्दै र थप एक जना उदयपुर कटारीबाट विना प्रचार ओखलढुंगा गएको कारण कांग्रेस केन्द्रीय नेताहरु र  काग्रेसको सारा कार्यक्रमलाई नै खल्लो बन्यो । विरोध र प्रवेस निषेध संघीयता, पहिचान विरोधी अनि ८२ प्रदेश सांसद र पहिचानवादीलाई साम्प्रदायिक रुपमा गालि गलौज गर्ने तीन भाई विरुद्ध मात्रै थियो । तर, मुख्यमन्त्री कार्की लगायत प्रदेश सभा सदस्यहरुले पार्टी कार्यक्रमलाई सफा चउरमा कुकुरले मलमुत्र गरे झै दुशित बनाइदिए । 

    ३) संघीयताका पक्षधर पहिचानवादी नौ जना नेताहरुलाई गिरफ्तार गरेर हिक्मत कार्कीकै पथ(दमनकारी) नीति लिन खोजेको सन्देश दिएका छ्न । सो कांग्रेसको लागि दुर्भाग्य बन्न सक्छ ।
    ४) प्रदेशको नाम ‘कोशी’ खारेज आन्दोलनका संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएर द्वन्द्व समाधानको सट्टा ओखलढुंगालाई हेपेर सरकारी सुरक्षा कर्मीहरुको दुरुपयोग गर्दै (बन्दुकको घेरा) त्यहाँ पुगेर पहिचान पक्षधर आन्दोलनरत शक्तिलाई चुनौतीको सन्देश दिएका छन । पहिचानवादी शक्तिलाई चुनौली सहजै स्वीकार छ । 
    ५) ओखलढुङ्गामा काग्रेसलाई नै भोट दिदै आएका बहुसंख्यक राई, सुनुवार, तामाङ, मगर, गुरुङ लगायत आदिवासी जनजाति, दलित तथा संघीयता र पहिचान पक्षधर जिल्लावासी हरुलाई द्वन्द्वमा धकेल्न खोजेको कारण धेरैजसो कार्यक्रममा उपस्थिति नजनाएर घर मै बस्नु परेको थियो । यी चार जनाको उपस्थिति नभए संघर्ष समितिले विरोध गर्ने थिएन र कार्यक्रममा उल्लेखनीय उपस्थिति हुन्थ्यो । त्यसकारण मुख्यमन्त्रीको उपस्थितिले कार्यक्रमको भव्यतालाई घटाइ दियो ।

    ६) प्रदेशका १४ जिल्लाकै काग्रेस सभापतिहरुको सार्वजनिक विज्ञप्तिको भाव ‘प्रदेशको नामाकरणमा पुनः विचार गर्नुपर्छ, गल्ति भयो’ भन्ने सन्देशले झिनो भएपनि काग्रेस लचिलो छ भन्ने थियो । ओखलढुङ्गाको उपस्थितिले शङ्का उब्जाएर फर्केका छन ।
    ७) शान्तिपूर्ण आन्दोलन माथि प्रहरी लगाएर नौ जना (एक कांग्रेस नेता)लाई गिरफ्तार गराएर कार्यक्रममा हिड्नुले १३  जिल्लामा पनि यहि शैली मच्चाउन सक्ने कुराले संघर्ष समितिलाई चुनौती दिएर फर्केका छन ।

    ८) ओखलढुङ्गामा मच्चाएको यो राडाकोले अन्य जिल्ला शसक्त प्रतिकारको तयारी लाग्न आन्दोलनरत पक्षलाई सचेत गराएका छन ।

    ९) मुख्यमन्त्री कार्कीलाई पहिला नजान आग्रह गरिएको थियो । त्यसपछि विज्ञप्ति जारी गरिएको थियो । सुरक्षा घेरामा पुगेपछि कालो झन्डा र मुर्दावाद सहितको प्रतिकारवीच ओखलढुंगाबाट फर्किन बाध्य हुनुप¥यो ।

    १०) मञ्चमा जोसमा होस गुमाउदै सार्वजनिक रुपमै पार्टी सभापतिलाई विदा गर्न हतारिएको देखिए,  महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माको उछितो काड्दै केन्द्रीय नेताहरुलाई संविधान पढाउन भ्याएका मुख्यमन्त्री केदार कार्कीले अन्तत गगन थापाले उनका जिम्मेवारी स्मरण गराउनु प¥यो । महामन्त्री थापाले नराम्ररी झपार्नु प¥यो ।

    यी घटनाहरु कुनै हालतमा राम्रा घटना थिएनन । यसर्थ, उनले प्राप्ति भन्दा बढी गुमाएर विराटनगर फर्केका छन । उनले संयुक्त संघर्ष समिति र पहिचानको आन्दोलनलाई हेप्न खोजेका थिए । सकेनन । यो आन्दोलनमा हजारौं काग्रेस नेताहरु, कार्यकर्ताहरु र मतादताहरु होमिएका छन । बढ्दै जानेछन् । 
    त्यसैले केदार कार्कीले आफू कुन परिस्थितिमा मुख्यमन्त्री बनेको हो भुल्नु हुन्नथ्यो । पहिचान आन्दोलनको राम्ररी अध्ययन अनुसन्धान गरेर वार्ताको वातावरण सिर्जना गर्ने, द्वन्द्व समाधान कसरी गर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउदै संघीयता कार्यन्वयन जोड गर्नु पर्ने हो । संविधानको पालना गराउदै नयाँ ढंगले स्थापित हुनुपथ्र्यो । 
    मुख्यमन्त्री बनेको छ महिना भएको छैन पुर्व प्रधानमन्त्री, पुर्व मन्त्रीहरुलाई पढाउन कोशिस गर्नुलाई उनको परिपक्कता माथि पनि प्रस्न उब्जिएको छ । 
    आन्दोलन माथि दमनको स्थितिमा पु¥याउदै ताण्डव मच्चाउदै ओखलढुङ्गाबाट अपमानित भएर फर्किनु पनि एउटा अपरिपक्क हट बुझन् सकिन्छ । यस्तो स्थिति नियन्त्रण नभए क्षती व्याहोर्दै जानुको विकल्प छैन । त्यसैले अन्तमा भन्न मन लाग्यो कुर्सिको मात नै कस्तो–कस्तो । भुपी सेरचनको कविता “घुम्ने मेच माथी अन्धो मान्छे जस्तो ।’’

    (लेखकः किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष हुनुहुन्छ, स.)

    मितिः २०८० मङ्सिर २०
     

सम्वन्धित समाचार

मोरङ । बिसे नगर्चीको कविता र कृति माथि चर्चा पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीको बिषयमा शुक्रबार प…

मोरङ । राष्ट्रिय परीक्षा बोर्डद्वारा भर्खरै प्रकाशित कक्षा १२ को परीक्षामा बोर्ड टप गरेको दावि गर्दै मोरङको पथ…

मोरङ । किरात राई यायोक्खा केन्द्रीय समितिले वृक्ष रोपन तथा शुभकामना आदानप्रदान गरेर ३८ औं स्थापना दिवस मन…

मोरङ । किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङले बिहिबार वृक्ष रोपन तथा शुभकामना आदानप्रदान गरेर…