• मोरङ । युनिटी स्पोर्टस क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै सिरिजंगा स्पोटिङ क्लब पथरीमा जारी पथरी शनिश्चरे खेलकुद महोत्सव फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।   
    आज भएको खेलमा सिरिजंगाले युनिटीलाई ५ –० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । 

    खेलको पहिलो हाफको ५ मिनेटमै सिरिजंगाका अंकित लिम्बुले गोलको खाता खोलेका थिए । त्यसपछि सुवास तामाङले २४ औं मिनेटमा अर्काे गोल गोल थपे । खेलको दोस्रो हाफको २ मिनेटमै पुनः अंकित लिम्बुले गोल थपे । यस्तै दोस्रो हाफको २१ औं मिनेटमा संजोग राईले गोल गरेका थिए भने पुनः २७ औं मिनेटमा सुवास तामाङले गोल थपे ।  
    खेलको म्यान अफ द म्याच सिरिजंगाका २ गोलकर्ता अंकित लिम्बु घोषित भए । उनलाई वडा नं. १० का अध्यक्ष जीवन खतिवडाले नगद रु. २ हजार सहित ट्रफी प्रदान गर्नुभयो । भोलिको खेल नाजारिन वाई.सी. र देविगन्ज एफ.सी. बीच दोस्रो सेमिफाइनल खेल हुने आयोजकले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…