• उर्लाबारी / मोरङको उर्लाबारी ३ मङ्गलबारे स्थित किरात राई यायोक्खा उर्लाबारी नगर समितिले घेरावार गरेको झण्डै डेढ बिघा जग्गा संरक्षण गर्न बसेकै ब्यक्तिबाट असुरक्षित बन्दै गएको छ ।
    यायोक्खाले उक्त जग्गा र साकेला थानको सुरक्षाका लागि संस्थाका तत्कालिन सचिव नारायण चाम्लिङलाई जिम्मा दिएको थियो ।

    नारायणलाई साकेलाथानमा सानो अस्थाई क्वाटर बनाएर बस्ने र दैनिक आइपर्ने सुरक्षा सम्बन्धि काम गर्ने गरी जिम्मेबारी दिइएको थियो । तर, नारायणले आफ्नै पाखोवारी जस्तो गरी घर बनाउने, बारी खनीखोस्री गर्ने, कुखुरा, सुँगुर रागा र भैंसी पाल्ने जस्ता काम मात्र गरेनन । संरक्षित वन क्षेत्रका रुख र बल्ला बल्ली काट्ने फाड्ने र तीनै दाउराले बर्सौ देखि रक्सी पार्ने र बिक्री गर्ने गरेको समेत खुल्न आएको छ।

    कार्य समितिको सचिव भएर पनि संस्थामा १ रुपैयाँ आम्दानी नबाँधेका नारायण अहिले संस्थाको उपाध्यक्ष छन् । सचिवबाट उपाध्यक्ष भएपछि उनले विगतमा गरेको गल्तीका कारण बढुवा भएको ठानेका छन् । संस्थागत रुपमा एउटा पनि राम्रो काम नगरेका नारायण अहिले झनै हौसिएका छन् । समाचार स्रोत भन्छ – साकेलाधानको जग्गा सुरक्षाका लागि राखेको पदाधिकारी ले नै संस्था भित्रका बोट बिरुवा काट्ने,रक्सी पारेर बिक्री गर्ने , गोठ बनाउने गरेपछि गुनासो कसलाई गर्ने ?

    साकेला परिसर भित्र होटल समेत खोल्न भ्याएका नारायणले हालसम्म साकेलाको खातामा जम्मा हुने गरी एक रुपैयाँ तिरेका छैनन् । स्रोतको दोहन गर्ने , उपयोग गर्ने तर,आम्दानी नबाँधने गरेपछि यतिबेला नारायणलाई हटाएर नयाँ ब्यक्तिलाई राख्नु पर्ने कुरा उठ्न थालेको छ ।

सम्वन्धित समाचार

मोरङ । बिसे नगर्चीको कविता र कृति माथि चर्चा पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीको बिषयमा शुक्रबार प…

मोरङ । राष्ट्रिय परीक्षा बोर्डद्वारा भर्खरै प्रकाशित कक्षा १२ को परीक्षामा बोर्ड टप गरेको दावि गर्दै मोरङको पथ…

मोरङ । किरात राई यायोक्खा केन्द्रीय समितिले वृक्ष रोपन तथा शुभकामना आदानप्रदान गरेर ३८ औं स्थापना दिवस मन…

मोरङ । किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङले बिहिबार वृक्ष रोपन तथा शुभकामना आदानप्रदान गरेर…