• दिपक बास्तोला,उर्लाबारी 

    मोरङको उर्लाबारीमा जारी दोश्रो उर्लाबारी भेट्रान नगरस्तरीय तथा स्व.राज ब. साम्याङ्खाम नकआउट फुटबल  प्रतियोगिताको सेमिफाइनलमा  बिराटनगर महानगरपालिका प्रबेश गरेको छ।
    शुक्रबार सम्पन्न उद्घाटन खेलमा आयोजक उर्लाबारी भेट्रान्स फुटबल क्लबलाई एक शुन्यको झिनो अन्तरले पराजित गर्दै बिराटनगरले अन्तिम चारमा स्थान शुरक्षित गरेको हो।

    खेलको शुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको बिराटनगरका लागि म्यान अफ द म्याच प्रशान्त श्रेष्ठले निर्णायक गोल गरे। उनले खेलको २३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए ।
    हारसँगै उर्लाबारी भने खेलबाट बाहिरिएको छ। उत्कृष्ट खेल प्रदर्शन गरेपनि आँफूले पाएका अबसर सदुपयोग गर्न नसक्दा आयोजक उर्लाबारी प्रतियोगिताबाट बाहिरिएको हो। 

    शनिबार आजको खेल  धरान उपमहानगरपालिका सुनसरी र शिवसत्ताक्षी नगरपालिका झापा बिच खेल हुनेछ ।
    राधिका माविको खेलमैदानमा जारी प्रतियोगिताको विजेताले नगद ७५ हजार र उप-विजेताले नगद ५० हजार रुपैयाँ हात पार्नेछ।

सम्वन्धित समाचार

काठमाडौं, २४ चैतसडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले …

 नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…

पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अ…

मोरङ । तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म पुस्तकका मोरङ पथरीशनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई सम्मानि …