•  मोरङको उर्लाबारी–८ का कमल लिङ्थेप अहिले हङकङमा हुनुहुन्छ ।  लामो समयदेखि हङकङमा कार्यरत रहनुभएका लिङ्थेप विदेशी भूमीमा रहेपनि सधैं आफ्नो ठाउँ र देशका लागि सोचिरहनुभएको छ ।

    बाध्यताका कारण विदेशीनु भएका लिङ्थेप हङकङमा रहेपनि उहाँको मन सधैं नेपालमै रहेको छ । गाउँ ठाउँमा कोही विरामी होस् वा आर्थिक समस्याको खबर पाउन साथ सहयोगका लागि तत्पर रहँदै आउनुभएको छ । सामुदायिक विद्यालयको विकास होस् वा कोही बिरामीको खबर थाहा पाएसम्म उहाँले सहयोग नपठाएको बिरलै होला । हालसम्म उहाँले ४० लाखभन्दा बढी सहयोग नेपालमा पठाइसक्नुभएको छ । 

    आफ्नो केही सहयोगले अरुको अरुको पीर, मर्का र समस्या हल गर्न सधैं तत्पर रहनुहुन्छ, लिङ्थेप । गरीब तथा विपन्न वर्गका व्यक्तिहरुको पीर, मर्का र समस्यालाई आफ्नै ठानेर सहयोगी भावना राख्ने उहाँ सामाजिक कार्यहरुमा सदैव अग्रसर रहँदै आउनुभएको छ । सामाजिक कार्य गर्दा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाज र राष्ट्रको हितमा लाग्नु पर्ने उहाँको भनाई छ ।

     लिङ्थेपले युवा प्रतिभा प्रस्फुटन कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ भने उर्लाबारी–८ को शान्ति क्षेत्र आधारभूत विद्यालयमा बुवाआमाको नाममा ५१ हजार १ सय ३१ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । यस्तै, उर्लाबारी–१ को शारदा माध्यमिक विद्यालयमा ५० हजार युवा प्रतिभा कोषमा सहयोग गर्नुभएको छ । विद्यार्थीहरुलाई स्वीटर, आर्थिक रुपले विपन्न बिरामीहरुको उपचार, सामाजिक सेवाका कामहरु लगायत धेरैमा उहाँले सकेको आर्थिक सहयोग गरिरहनुभएको छ ।

सम्वन्धित समाचार

काठमाडौ । वैदेशिक रोजगारीको लागि युके पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड बराबरको बजेट वि…

काठमाडौं ।  सुन तस्करी प्रकरणमा पक्राउ परेकी नेकपा माओवादी नेतृ अमला रोकालाई काठमाडौं जिल्ला अदालत…

काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आज (आइतबार) बिहान ११ बजे संसद भवन नया…