• उर्लाबारी । आफ्नो स्वर्गीय बुवा गजलाल खवासको स्मृतिमा उहाँको परिवारले मोरङको उर्लाबारी-९ आदर्स चोकस्थित भिमेसेननाथ मन्दिरमा खानेपानीको धारा जडान गरिदिनु भएको छ । मन्दिरमा आउनु हुने भक्तजनलाई पानीको लागि सजताहोस भनेर उर्लाबारी खानेपानी जडान गरिदिनु भएको हो ।

    गजलालका श्रीमति साबित्रादेबि खवास छोरा बुहारि बसन्त खवास , बुहारि माया खवास, छोरा मदन खवास बुहारि आशा खवास , बिक्रम खवास, मिरा खवास दिपक खवास, खिना खवास र छोरि चित्रकला खवास, नाति तेजबिक्रम खवास, नातिनि बुहारि चन्दिरा खवास एबम समस्त खवास परिवारले धारा सहयोग गर्नुभएको हो ।

    लाउरे खवासका रुपमा परिचित गजलालको जन्म १९९८ चैत ५ गते र निधन २०७५ साल चैत २२ भएको थियो । स्थानिय स्तरमा सामाजिक काममा उल्लेखनीय योगदान पुरियाउनु भएका गजलाल खवासले गाउँमा अभिभावत्वको जिम्मेवारी बहन गर्दै सबैलाई मार्गनिर्देशन गर्नुहुन्थ्यो । आज मन्दिरको उद्घाटनको अबसरमा खानेपानी जडान गर्नुहुने परिवारको तर्फबाट चित्रकला खवास लाई सम्मान गरिएको थियो ।

    https://www.facebook.com/watch?v=1600477690697963

सम्वन्धित समाचार

काठमाडौं । हरितालिका तिज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ …

काठमाडौ । सम्झौताअनुसार काम नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित २२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई …

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको लिखिुपके गाउँपालिकाका पालिका सभापति राम चन्द्र बस्नेत पक्राउ…

काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक…