दिपक बास्तोला,उर्लाबारी
२३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आज चौथो तथा अन्तिम क्वार्टरफाइनलकाे खेल हुँदैछ । पोखरा रंगशालामा हुने खेलमा आज चर्च ब्वाइज युनाइटेड क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।नेपालको शीर्ष डिभिजन लिग च्याम्पियन चर्ज ब्वाइज युनाइटेडले २३ औ आहा रारा गोल्डकप खेल्ने खेलाडिको नाम सार्वजनिक गरेको छ ।
नेपालका उत्कृष्ट डिफेन्डर अनन्त तामाङको कप्तानि चर्च ब्वाइज बाट खेल्ने खेलाडी हरु :
(Gk)रेम्बो कुमार चौधरी र सन्तोष महत
(Def) अनन्त तामाङ ,सन्जित राई ,कमल श्रेष्ठ , बिकु राई ,गौरव श्रेष्ठ ,आयुस थापा
(MID) सन्तोस खत्री ,प्रसान्त लक्ष्यम ,पुजन उपरकोटी ,रोहन कार्की ,मनिस जर्गा मगर,धिरज मगर
(FWD) समीर तामाङ ,राजिब लोप्चन ,कृपा चौधरी ,कबु राई , निरज कार्की ,निस्चल जिसि
प्रतियोगितामा दुवै टोली जित निकाल्दै अन्तिम चारमा स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।
चर्च ब्वाइज सिधै र पुलिस एपीएफलाई हराएर क्वार्टरफाइनलमा पुगेका हुन् ।
एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र उपविजेता टोलीले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।