• मोरङको उर्लाबारीमा जारी दोश्रो उर्लाबारी भेट्रान नगरस्तरीय तथा स्व.राज ब. साम्याङ्खाम नकआउट फुटबल  प्रतियोगिताको फाइनलमा  सुन्दर हरैचा नगरपालिका लाई पराजित गर्दै धरान उपमहानगरपालिका बिजयी भएको   छ।

    शुक्रबार सम्पन्न फाइनल  खेलमा  सुन्दरहरैचा नगरपालिका लाई  तीन शुन्यको गोल  अन्तरले पराजित गर्दै धरान उपमहानगरपालिका बिजयी भएको हो ।
    खेलको शुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको धरानका लागि म्यान अफ द म्याच जर्सी न १२ का सन्तोस  भए भने धरानका लागि जर्सी न ११ का सतिस ले २  गोल गरे भने जर्सी न २ का पदमले १ गरेका थिए  ।

    हारसँगै सुन्दरहरैचा नगरपालिका उपबिजेता भएको  छ। उत्कृष्ट खेल प्रदर्शन गरेपनि आँफूले पाएका अबसर सदुपयोग गर्न नसक्दा सुन्दरहरैचा नगरपालिका ले उपबिजेतामा चित्त बुझाउनु परेको  हो।  उपबिजेता बनेको सुन्दरहरैचा ले नगद ५०००० सहित ट्रफी मेडल र प्रमाण पत्र र बिजेता   धरान उपमहानगरपालिकाले नगद ७५००० सहित ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेको छ ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …