• प्रेस चौतारी झापाले पूर्व अध्यक्ष तोयानाथ दाहाल ‘उपेक्षित’ लाई सम्मान गर्ने भएको छ । संगठनको २६ औं स्थापना दिवसको अवसरमा झापा गौरादह –६ कोहवराका उपेक्षितलाई सम्मान गर्न लागिएको अध्यक्ष मनकुमार गदालले जानकारी दिएका छन्  । 

    प्रेस चौतारी झापाले माघ २२ गते बिर्तामोड –७ स्थित शहीद नेत्र पार्कमा स्थापना दिवसको अवसर पारेर पूर्व अध्यक्ष उपेक्षितलाई सम्मान गर्ने जानकारी दिएको हो । उपेक्षित प्रेस चौतारी झापाका दोस्रो कार्यकालका अध्यक्ष हुन् । संस्थापक अध्यक्ष नेत्र पाठकलाई २५ औं स्थापना दिवसको अवसरमा सम्मान गरिएको थियो ।

    स्थापना दिवसमा झापा चौतारीले पूर्व अध्यक्षहरुलाई सम्मान गर्दै आएको छ ।बिर्तामोडको नयाँ पर्यटकीय गन्तव्य नेत्र पार्कमा चौतारीले स्थापना दिवसको अवसर पारेर झापाली पत्रकारहरुको निशुल्क आँखा जाँच समेत गर्ने भएको छ । बिर्तामोडस्थित बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा पत्रकारहरुको आँखा जाँच शिविर सञ्चालन गर्ने भएकाे छ ।

    वनभोजसहित आयोजना गरिएको स्थापना दिवसमा पत्रकारहरुबीच मनोरञ्जनात्क कार्यक्रमहरु समेत राखिएको कार्यक्रम संयोजक प्रदीप परियारले जानकारी दिए । उनका अनुसार प्रेस चौतारीको स्थापना दिवसमा झापामा सबै सञ्चारकर्मीहरुलाई निमन्त्रणा गरिएको छ ।
     

सम्वन्धित समाचार

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ । कांग्रेसले…

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै सडक …

 चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन्…

काठमाडौँ । नेपाल आइडल फेम गायक रवि ओड प्रहरीको नियन्त्रणमा रहेका छन् ।कञ्चनपुर प्रहरीका अनुसार गायक ओडले …