•  इजरायल र हमास बीचको लडाइ अझै जारी छ । जारी युद्धमा हालसम्म २२५ इजरायली सैनिकको मृत्यु भएको छ । इजरायली रक्षा बल (आईडीएफ)का अनुसार गत अक्टुबर ७ देखी यता भएका युद्दमा हालसम्म २२५ जना इजरायली सैनिकको मृत्यु भइसकेको छ । साथै, पछिल्लो समयमा २४ वर्षीय सार्जेन्ट फर्स्ट क्लास शिमोन येहोशुआ असुलिनको दक्षिणी गाजामा हमासविरुद्धको लडाइँमा मृत्यु भएको इजरायलले जनाएको छ । 

    टाइम्स अफ इजरायलका अनुसार हालै मृत्यु भएका सैनिक येहोशुआ इजरायलको बेइट शेमेशका बासिन्दा थिए र हरेल ब्रिगेडको ९२४ औं इन्जिनियरिङ बटालियनमा कार्यरत रहेका थिए थिए। दक्षिणी गाजा पट्टीमा उनको हत्या भएको हो ।उता, इजरायलले लेबनानका विभिन्न स्थानमा आक्रामण गरेको जनाएको छ । 

    शनिबार मात्रै दक्षिणी लेबनानको तैबेह गाउँमा रहेको हिज्बुल्लाह भवनमा हवाई हमला गरिएको थियो । दिनभरि आइडिएफले लेबनानका विभिन्न स्थानहरूमा तोपका गोलाहरू प्रहार गरेको हो । तर, त्यस हमलाबाट कति हताहत भए भन्ने बारेमा कुनै जानकारी दिइएको छैन । 

    हिजबुल्लाह लेबनानमा एक शिया राजनीतिक र अर्धसैनिक संगठन हो। हिजबुल्लाह लेबनानी गृहयुद्धको समयमा स्थापित भएको समुह हो, जसको नेतृत्व हसन नसरल्लाहले गरिरहेका छन ।
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको जनप्रतिनिधि÷कर्मचारीवीच आइतबार (आज) मैत्…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा दुर्गा प्रसाइले नेतृत्व गरेको नागरिक बचाउ अभियान शनिबार पुनरगठन भएको छ…

मोरङ । निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले आज (शनिबार) मोर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…