•  इजरायल र हमास बीचको लडाइ अझै जारी छ । जारी युद्धमा हालसम्म २२५ इजरायली सैनिकको मृत्यु भएको छ । इजरायली रक्षा बल (आईडीएफ)का अनुसार गत अक्टुबर ७ देखी यता भएका युद्दमा हालसम्म २२५ जना इजरायली सैनिकको मृत्यु भइसकेको छ । साथै, पछिल्लो समयमा २४ वर्षीय सार्जेन्ट फर्स्ट क्लास शिमोन येहोशुआ असुलिनको दक्षिणी गाजामा हमासविरुद्धको लडाइँमा मृत्यु भएको इजरायलले जनाएको छ । 

    टाइम्स अफ इजरायलका अनुसार हालै मृत्यु भएका सैनिक येहोशुआ इजरायलको बेइट शेमेशका बासिन्दा थिए र हरेल ब्रिगेडको ९२४ औं इन्जिनियरिङ बटालियनमा कार्यरत रहेका थिए थिए। दक्षिणी गाजा पट्टीमा उनको हत्या भएको हो ।उता, इजरायलले लेबनानका विभिन्न स्थानमा आक्रामण गरेको जनाएको छ । 

    शनिबार मात्रै दक्षिणी लेबनानको तैबेह गाउँमा रहेको हिज्बुल्लाह भवनमा हवाई हमला गरिएको थियो । दिनभरि आइडिएफले लेबनानका विभिन्न स्थानहरूमा तोपका गोलाहरू प्रहार गरेको हो । तर, त्यस हमलाबाट कति हताहत भए भन्ने बारेमा कुनै जानकारी दिइएको छैन । 

    हिजबुल्लाह लेबनानमा एक शिया राजनीतिक र अर्धसैनिक संगठन हो। हिजबुल्लाह लेबनानी गृहयुद्धको समयमा स्थापित भएको समुह हो, जसको नेतृत्व हसन नसरल्लाहले गरिरहेका छन ।
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई जनताको सेवामा फर्किन आव्हान गरेका छन्…

मोरङ । नेपालको ४२ औं प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भइरहदा संविधानले चिने नचिनेको भन्दै बैधा…

मोरङ । पछिल्लो बिषम परिस्थितिमा हुनसक्ने चोरी लगायतका सुरक्षा चुनौती सामना गर्न मोरङको पथरीशनिश्चरेमा नाग…

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…