स्टेडियमको नामः स्टाडियो एजटेका
स्थानः मेक्सिको सिटी, मेक्सिको
क्षमताः ८३ हजार
स्थापितः १९६६
फिफा विश्वकप २०२६ को उद्घाटन खेल मेक्सिकोले आयोजना गर्ने भएको छ ।विश्व फुटबल संघ (फिफा)ले उदघाटन खेलको होस्ट सिटीको रूपमा मेक्सिकाेकाे राजधानी मेक्सिको सिटीलाइ गएराती चयन गरेको हो ।
आयोजक मेक्सिकोले ११ जुन २०२६ मा विश्व कपको सबैभन्दा ठूलो संस्करणको उद्घाटनको आयोजना यसै खेल मैदानमा गर्नेछ ।यो एस्टाडियो एज्टेका, मेक्सिको सिटीमा सन १९७० र १९८६ मा दुई विश्वकपका उदघाटन र फाइनलहरू खेलाइएको छ । जहाँ ब्राजिलियन सुपरस्टार पेले र अर्जेन्टियन सुपरस्टार डिएगो म्याराडोनाले यस स्टेडियममा जादु देखाएका थिए, जुन स्टेडियममा अब अर्को जादु देखिनेवाला छ ।
यस विश्वकपमा खेलिने १०४ खेलहरू मध्ये पहिलो खेल र उदघाटन समाराेह यही हुनेछ । विश्वकप २०२६ मा कुल १०४ वटा खेल खेलाइने छ । जसमध्ये आयोजक राष्ट्रहरू मेक्सिको, अमेरिका र क्यानडाका १६ स्थानहरूमा खेलाइने फिफाले जनाएकाे छ ।