• स्टेडियमको नामः स्टाडियो एजटेका

    स्थानः मेक्सिको सिटी, मेक्सिको

    क्षमताः ८३ हजार 

    स्थापितः १९६६

     फिफा विश्वकप २०२६ को उद्घाटन खेल मेक्सिकोले आयोजना गर्ने भएको छ ।विश्व फुटबल संघ (फिफा)ले उदघाटन खेलको होस्ट सिटीको रूपमा मेक्सिकाेकाे राजधानी मेक्सिको सिटीलाइ गएराती चयन गरेको हो ।


    आयोजक मेक्सिकोले ११ जुन २०२६ मा विश्व कपको सबैभन्दा ठूलो संस्करणको उद्घाटनको आयोजना यसै खेल मैदानमा गर्नेछ ।यो एस्टाडियो एज्टेका, मेक्सिको सिटीमा सन १९७० र १९८६ मा दुई विश्वकपका उदघाटन र फाइनलहरू खेलाइएको छ । जहाँ ब्राजिलियन सुपरस्टार पेले र अर्जेन्टियन सुपरस्टार डिएगो म्याराडोनाले यस स्टेडियममा जादु देखाएका थिए, जुन स्टेडियममा अब अर्को जादु देखिनेवाला छ ।

    यस विश्वकपमा खेलिने १०४ खेलहरू मध्ये पहिलो खेल र उदघाटन समाराेह यही हुनेछ । विश्वकप २०२६ मा कुल १०४ वटा खेल खेलाइने छ । जसमध्ये आयोजक राष्ट्रहरू  मेक्सिको, अमेरिका र क्यानडाका १६ स्थानहरूमा खेलाइने फिफाले जनाएकाे छ ।

     

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …