• काठमाडौं, ८ फागुन । साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ ।समुह बी अन्तर्गत मंगलबार सम्पन्न पहिलो खेलमा नेपालले सिरियालाई ४-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

    नेपाली महिला फुटबल टिमले सिरियाविरुद्ध पहिलो हाफमा ३-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा एक गोल गरेको थियो ।जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा जारी खेलमा नेपालका लागि अमिष कार्की, अनिता बस्नेत र सावित्रा भण्डारीले पहिलो हाफमा एक एक गोल गरेका थिए भने दोस्रो हाफको ६९औं मिनेटमा रेखा पौडेलले एक गोल थापेकी थिइन् ।  त्यस्तै नेपालले पहिलो हाफको अन्त्य तिर एक गोल खाएको थियो ।

    यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइरहेका छन् । नेपाल रहेको समूह बि मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समुह ए मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् ।

    नेपालले अब दोस्रो खेल इराक विरुद्ध विहिबार खेल्ने तालिका रहेको छ । त्यस्तै समुह चरणको अन्तिम खेल आगामी शनिबार प्यालेस्टाइनसँग खेल्ने छ ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …