• काठमाडौँ । अस्ट्रेलियाले न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ ।

    सोमबार बिहान सम्पन्न दोस्रो टेस्टमा अस्ट्रेलियाले ३ विकेटको जित हासिल गर्दै सिरिज २-० ले जितेको हो ।न्यूजील्याण्डले दिएको २७९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले टेस्टको पाँचौं दिन ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।अस्ट्रेलियाको जितका लागि एलेक्स केरीले अविजित ९८ र पाट कमिन्सले अविजित ३२ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका लागि मिचेल मार्शले महत्वपूर्ण ८० रन बनाएका थिए ।

    यस अघि न्यूजील्याण्डले पहिलो इनिंगमा १६२ रन बनाएको थियो भने अस्ट्रेलियाले पहिलो इनिंगमा २५६ रन बनाएको थियो । त्यस्तै न्यूजील्याण्डले दोस्रो इनिंगमा ३७२ रन बनाएसँगै अस्ट्रेलियाले २७९ रनको लक्ष्य पाएको थियो ।

    योसँगै अस्ट्रेलियाले सिरिज २-० ले जितेको छ ।  यस खेलको प्लेयर अफ द म्याच अस्ट्रेलियाका एलेक्स केरी बनेका छन् भने प्लेयर अफ द सिरिज न्यूजील्याण्डका माट हेनरी बनेका छन् ।हेनरीले २ टेस्टमा कुल १७ विकेट लिएका थिए । 

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …