• उर्लाबारी, उर्लाबारीमा फागुन २९ गतेदेखि दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । उर्लाबारी नगरपालिकाको स्वास्थ्य शाखाले अभिमुखीकरण कार्यक्रको आयोजना गरि अभियानबारे जानकारी दिएको हो । आइतबार दादुरा रुबेला खोप अभियानको पूर्व तयारीका लागि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

    नगर उपप्रमुख मीना खतिवडा पौडेलको अध्यक्षतामा भएको अभिमुखीकरणमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो । उर्लाबारीका सबै वडामा तोकिएको केन्द्रमा खटिएका स्वास्थ्यकर्मीले ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यो खोप लगाउने स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रेणुकाप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सर्वसाधारणलाई सो रोग सबन्धी जनचेतना जगाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका खोप अधिकृत श्याम भण्डारीले खोप नलाउँदाको हानी–नोक्सानी, खोपबाट बञ्चित हुँदाको असर, खोपपछिको फाइदा लगायतका बारेमा सहभागीहरुलाई सहजीकरण गर्नुभएको थियो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…