• प्रदिप धिमाल,उर्लाबारी 

    मोरङको उर्लाबारीमा जारी पाँचौ उर्लाबारी मेयरकप फूटबल प्रतियोगितामा आज चैत्र १ गते आज हुने दोश्रो सेमिफाइनल खेलमा उर्लाबारी वडा न ३ र ९ भिड्दैछन ।

    उर्लाबारी वडा न ३ ले आफ्नो पहिलो खेलमा चौथो मेयर कपको बिजेता वडा न ८ लाई ट्राइबेकरमा ४-३ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो भने वडा न ९ ले पनि वडा न १ लाई सडनडेथमा ८-७ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो । उर्लाबारी ६ स्थित राधिका मा बि को खेल मैदानमा भैरहेको पाँचौ उर्लाबारी मेयरकप फूटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फाल्गुन ३० गते वडा न ५ र ६ बिच भएको थियो ।

    उर्लाबारी वडा न ६ ले सडनडेथमा वडा न ५ लाई पराजित गर्दै पाँचौ उर्लाबारी मेयरकपको फाइनलमा स्थान बनाइसकेको छ । आज को बिजेताले चैत्र ३ गते हुने पाँचौ उर्लाबारी मेयरकपको फाइनलमा वडा न ६ सग प्रतिस्पर्धा गर्ने छ । उर्लाबारी नगरपालिकाको मुख्य प्रायोजन र उर्लाबारी फूटबल क्लब को आयोजना भएको मेयर कप फूटबलको बिजेताले रु १ लाख र उपबिजेताले रु ५० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …