• भूमी प्रसाद पाठक 

    मोरङको पथरी शनिश्चरे १ मा स्थापित पञ्चायत माध्यमिक विद्यालयको आयोजनामा  प्रतिस्पर्धामा आधारित अन्तर्विद्यालय गणितीय नमुना कार्यक्रम सम्पन्न भएको छ।

    शुक्रवार २६ औं अन्तराष्ट्रिय गणित दिवस ( पाई डे) को अवसरमा सो कार्यक्रमको भएको हो।
    पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, यूवा तथा खेलकूद शाखाका प्रमुख शालिग्राम काफ्लेले सो कार्यक्रमको ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो।

     कार्यक्रममा गणीत मोडेल तथा गणितलाई दैनिक जीवनसँग सम्बन्धित गराएर यो विषयमा आकर्षित गर्न र नवप्रवर्तक बनाउन विद्यार्थीहरूद्वारा बनाईएका गणितीय उपकरणहरू प्रस्तुत गरिएको थियो। 

    उक्त अवसरमा  डेरीभेटिभ, भेक्टर, एन्टी - डेरीभेटिभ, त्रिकोणमिति, स्थानान्तरण, परार्वतन परिक्रमण, बिस्थापन, विस्तारीकरण, पास्कलको त्रिभुज, पाईको बारेमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरूले विभिन्न स्टलहरु मार्फत प्रदर्शन गरेको पथरी शनिश्चरे नगरपालिकाका गणित विषयका सुपरीवेक्षण तथा अनुगमन समितिका प्रमुख दिलीप कुमार खवासले जानकारी दिनुभयो।

     सो कार्यक्रममा शान्ति भगवती मावि  (लेटाङ्ग), जनता मावि (पथरी शनिश्चरे ३), भागिरथ मावि (पथरी शनिश्चरे ४), बुद्ध मावि (पथरी शनिश्चरे ८) ,  हिरक आधारभूत विद्यालय,( पथरी शनिश्चरे १०) लगायतका आधा दर्जन बढि स्कूलका विद्यार्थीहरूले आ आफ्नो प्रस्तुति समेत दिएका थिए।
    सो प्रतियोगितात्मक कार्यक्रममा पञ्चायत माविका विद्यार्थी प्रसिद्ध कार्की र रजिव दहाल प्रथम, पञ्चायतकै सौगात खनाल र रेहान श्रेष्ठ द्वितिय, भागिरथ माविका आभा (दिया) खुशीको समुह  र जनता माविका रेखा (अपेक्षा) विवेकको समुह तृतिय स्थान हासिल गर्न सफल भएका थिए। सोहि प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने विद्यालयहरू क्रमशः शान्ति भगवती मावि, पञ्चायत मावि र हिरक आधारभूत विद्यालय रहेका छन्।
     पञ्चायत माविका प्राचार्य अर्जुन कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल गणित समाज प्रदेशका अध्यक्ष डिबी थापाले 'पाई के हो भन्ने विषयमा सहजीकरण दिनु भएको थियो भने प्रदेशका कोषाध्यक्ष घनश्याम अधिकारीले ' गणितमा त्रुटि विश्लेषण कसरी गर्ने विषयमा सहजीकरण दिनु भयो। 

    सोहि क्रममा  पञ्चायत माविका गणित शिक्षक टंक काफ्लेले पनि 'गणितलाई दैनिक जीवनमा कसरी जोड्न सकिन्छ ?' भन्ने विषयमा सहजीकरण गर्नु भयो। पञ्चायत माविका व्यवस्थापन समितिका अध्यक्ष यूवराज बास्कोटाले शुभ कामना मन्तव्य राख्नुभएको सो कार्यक्रमको सञ्चालन सो माविका सहायक प्राचार्य बुद्धिनाथ अधिकारीले गर्नुभएको थियो।

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…