• मोरङ । अघिल्लो कार्यकालदेखि नै बिभिन्न विवादमा रहेको मोरङको पथरीशनिश्चरे स्थित पथरी उद्योग वाणिज्य संघमा फेरि विवाद उत्पन्न भएको छ । 
    संघको फागुन ७ गते भएको १७ औं साधारण सभाबाट अध्यक्ष, उपाध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारी सर्वसहमत चयन भएका थिए । अध्यक्षमा दीपक बस्नेत र उपाध्यक्षमा रबिन राई निर्वाचनबाट चुनिएका थिए । 
    सर्वसहमत रुपमा नव निर्वाचित कोषाध्यक्ष तेजेन्द्रराज भण्डारीले आज (३ गते शनिबार) पत्रकार भेटघाटको आयोजना गरी अध्यक्ष दीपक बस्नेतले आफूसहित पदाधिकारी, सदस्यहरुको फर्जि उपस्थितिमा किर्ते हस्ताक्षर गरेको भन्दै सो विरुद्ध जिल्ला प्रशासन र अदालत जाने चेतावनी दिएका छन् ।
    चार जना बसेर कार्यसमिति र लेखा गरी १६ जनाको फर्जि उपस्थितिमा किर्ते हस्ताक्षर गरेकोले अध्यक्ष बस्नेतले नैतिकताको आधारमा तुरुन्त राजिनामा दिनुपर्ने यसो नगरिए कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने कोषाध्यक्ष तेजेन्द्रराज भण्डारीले बताए । 
    भण्डारीले फागुन १९ गते र १० गते बसेको बैठकको उपस्थितिको प्रतिलिपि सञ्चार कर्मी तथा व्यवसायीहरुलाई वितरण गरेका थिए । चैत्र १० गते बसेको भनिएको बैठकको १२ जना पदाधिकारी सदस्यहरुको हस्ताक्षर फर्जि उपस्थितिमा किर्ते गरिएको भण्डारीको दाबी छ । एकै पदाधिकारीहरुको दुई बैठकको हस्ताक्षर मिलेको देखिन्दैन । 
    पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतले भने संघको हितको लागि योजना पेस गर्न डकुमेन्ट बनाइएको बताएका छन् । संघमा नव निर्वाचित दुई जना पदाधिकारीको कारण तीन वटै बैंक खाता नचलेको कारण समस्या भइरहेको र बैंकबाट सफाइ लिन १५ दिनको समय दिइएको अध्यक्ष बस्नेतले बताएका छन् ।
    छलफलको माध्यमबाट विवाद अन्त्य नभए समस्था थपिन्दै जाने देखिन्छ । संघको खाता सञ्चालन गर्न बैंकको कालो सूचिमा रहेका पदाधिकारीलाई कारबाही र ती पदाधिकारीहरु किर्तेमा मुद्धा मामिलामा गएमा समस्था अझ बढेर जाने देखिन्छ । 
    मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २७६ मा कसैको किर्ते सहीछाप, झुटा अभिलेख, झुटा लिखत तयार गरेको ठहरेमा पाँच बर्ष कैद र ५० हजारसम्म जरिवाना हुने उल्लेख छ । कोषाध्यक्ष राजभण्डारी भने फर्जि उपस्थितिमा किर्ते हस्ताक्षर गर्ने अध्यक्ष बस्नेतले नैतिकताको आधारमा राजिनामा नदिए उजुरी दिन जाने बताएका छन् । 
    अघिल्लो कार्यकालमा अध्यक्ष धनकुमार तामाङले राजिनामा दिएपछि विभिन्न विवादमा फसेको पथरी उद्योग वाणिज्य संघमा कस्तो व्यक्ति, कुन पदको लागि आवश्यक हो र फिट हुन्छु भन्ने विश्लेशन बिन हामफाल्दा समस्या देखिएको हो । तन्कालीन निर्वाचन समितिले समेत कस्ता व्यावसायीले उमेद्वारी मनोनयन गर्न पाउने, कस्ताले नपाउने ख्याल नगर्दा समस्या आएको हो । 

    पत्रकार सम्मेलनमा कोषाध्यक्ष तेजेन्द्रराज भण्डारी


     

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…