• भूमिप्रसाद पाठक
    मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहरुलाई आज कार्यक्रमको वीच बिदाइ गरेको छ । 
    अधययन पुरा गरेर बोर्ड परीक्षाहुनु अघि विद्यालयले विद्यार्थीहरुलाई बिदाइ गरेका हुन् । पञ्चायत माविमा विज्ञान, शिक्षा, कानुन, ललितकला, मानविकी, व्यवस्थापन, सिभिल इन्जिनरिङ, पत्रकारिता विषयमा अध्यापनहुँदै आउको छ । ’पास आउट’ हुन लागेका कक्षा १२ मा अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाइ गरेको हो । कार्यक्रममा बिभिन्न जातजातिका संस्कृति झल्किने नृत्यहरु प्रस्तुत भएको थियो ।
    कार्यक्रम विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको अध्यक्षतामा भएको थियो । विद्यार्थीहरुलाई खादा र टिका लगाएर विदाइ गरिएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक बिना खालिङ राई, विज्ञान, कानुन तथा ललितकला विभागका प्रमुख राजु तिम्सिना लगायतले शुभकामना मन्तव्य दिएका थिए । यस अघि शिक्षा र मानविकी संकाय अध्ययनपुरा गरेका कक्षा १२ का विद्यार्थीहरले शिक्षकहरुसँग विदाइ कार्यक्रम गरेका थिए । 
    विद्यालयका सहायक प्रधानाध्यापक बुद्धिनाथ अधिकारीले सञ्चालन गरेको कार्यक्रममा शिक्षक चन्द्रप्रकाश खनालले बिदाइ कविता वाचन गरेका थिए । कक्षा १२ को आन्तिम (बोर्ड) परीक्षा वैशाख १४ गतेदेखि सञ्चालनहुँदैछ । 

    बिदाइ कार्यक्रमको तस्विरहरु

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि सोमबार शिलान्यास भएको छ ।  न…

काठमाडौं । कोशी नाम खारेजी र पहिचानको आधारमा नाम राख्न माग गर्दै आन्दोलनरत संगठनहरुले आन्दोलनसँगै …

मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित युमा माङहिममा नेपालको राष्ट्रिय विभूति समाज सुधारक फाल्गुनन्द लिङ्देनक…

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चाको सुनसरीको धरानमा भएको ५ औं राष्ट्रिय सम्मेलनबाट पूर्व मन्त्री रामकुमार…