• इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले आज (सुक्रबार) इलामको मंगलबारे बजारमा भब्य चुनावी सभा गरेका छन् । 
    सभालाई सम्बोधन गर्दै किरात राई यायोक्खा उपाध्यक्ष राकेश राईले डकेन्द्रसिंह थेगिमले चुनाव हारेमा पितृदेवले सराप्ने भन्दै मुढा चिन्हमा भोट लगाउन आव्हान गरेका छन् । राई समुदायले आफ्नो पूर्खालाई पितृदेवा वा भगवान मान्दछ । पितृ रिसाएमा घर परिवार र गाउँमा अशुभहुने विस्वास राख्दछन् । 
    राई समुदायको साझा संस्था किरात राई यायोक्खाले स्वातन्त्र उमेद्वार डकेन्दसिंह थेगिम लिम्बूलाई भोट लगाउने निर्णय गरेको भन्दै राई लगायत इलाम—२ का आम जनतालाई हातले बनेको मुढामा भोट लगाउन अनुरोध गरेका छन् । 
    सभामा अभियान्ता तथा नेपाल आदिबासी जनजाति महासंघका पूर्ब महासचिव आङ्काजी शेर्पाले डकेन्द्रसिंह थेगिम स्थानीय ओर्गानिक उमेद्वार भएकाले सबै लागेर जिताउन आव्हान गरेका छन् । 
    थेगिम इलामे जनताको सुख, दुःखमा रहने उमेद्वार भएको शेर्पाले बताए । थेगिम शीरमा कफन बाँधेर पहिचानको आन्दोलनमा लागेको जनताको असली सेवक भएको शेर्पाको भनाइ थियो । 
    शेर्पाले अष्ट्रेलियामा विदेशीको भाडाँ माझ्दै गरेका सुहाङलाई टिकट दिएर पार्टीमा योगदान गरेका सुरेन्द्र केसी, बुद्धि खनाललाई एमालेले अन्याय गरेको भन्दै राजाको छोरा राजा मानेर बस्नुभन्दा इमान्दार कार्याकर्ताहरुले डकेन्द्र थेगिमलाई भोट लगाउने बताए । 
    शेर्पाले नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को महासचिव भएर संघीयता विरोधीको घण्टी लगाएर आएका मिलन लिम्बूलाई फोनिजले तुरुन्त बर्खास्त गर्नुपर्ने बताएका छन् । 
    यायोक्खा महासचिव भीम राई र यसेरी लिम्बूले सञ्चालन गरेको चुनावी सभामा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू, चुम्लुङ संघीय अध्यक्ष प्रेम एक्तेन, पूर्व संस्कृति मन्त्री गोपाल किराती, केशव सुर्यबंशी, आर्यन मंगोल, पदम अधिकारी लगायतले विचार राख्दै मुढामा भोट मागेका छन् । 

    कार्यक्रममा गायक कलाकारहरु एकदेब लिम्बू, सुनिता थेगिम, गंगा फ्याक, तिर्सना नेम्वाङ, राजेन्द्र केरुङ लगायतले गीत प्रस्तुती दिएर समर्थक÷शुभचिन्तकलाई मनोरञ्जन दिएका थिए । 
    इलाम, नवमी बजार, मंगलबारे लगायतको चुनावी शभामा सर्वसाधरणको भब्य उपस्थितिहुने गरेकोले जित सुनिश्चित भएको किरात याक्थुङ चुम्लुङको महासचिव निरन्ति तुम्बापोले बताए । 

    कार्यक्रमको तस्विरहरु

     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव बिहिबार वि…

मोरङ । मोरङको पथरी सनिश्चरेबाट प्रकाशितहुँदै आएको जमर्को साप्ताहिकले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ।…

उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिब पदमा युवा ब्यवसाय…

मोरङ । पालिकाको सौन्दर्यता बढाउने लगायतको रकम व्यवस्थापन गर्दै मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २…