• मोरङ । मोरङको पथरीशनिश्चरे वडा नं. १ कार्यालयको आयोजनामा वृक्ष रोपन भएको छ । 
    वन तथा वातावरण संरक्षणमा सघाउ पु¥याउने उदेश्यले वृक्ष रोपन गरिएको वडा अध्यक्ष भीमकुमार राईले बताए । यलम्बर, रत्न चोक, बुद्धचोक र पथरीबहुमुखी क्याम्पसवीचको खालि जग्गामा वृक्ष रोपन भएको हो । 
    वृक्ष रोपन कार्यक्रममा पथरी बहुमुखी क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, प्राध्यापकहरु, स्ववियु सभापति केशर राईको नेतृत्वमा विद्यार्थीहरु, सुनाखरी मावि विद्यालय सञ्चालक समिति अध्यक्ष प्रदिपकुमार राई, शान्ति सामुदायिक वन समितिको अध्यक्ष कुलमणी गुरुङ लगायत टोली, बिभिन्न संस्थाका प्रतिनिधिहरु सहभागी रहेका थिए । 
    आप, लिची, मसला, सिरिस लगायत विभिन्न प्रजातिका पाँच सय विरुवा रोपिएको वडा अध्यक्ष भीमकुमार राईले बताए । वडा सदस्यहरु शुरेस कार्की, बसन्ति गुरुङ, वडाका कर्मचारीहरु समेत लागेर आइतबार र सोमबार विरुवा रोपिएको हो । 
    सो खाली जग्गामा यलम्बर पार्क, रत्नहरित बोटानिकल गार्डेन बिभिन्न नामले नगरको आकर्षक पर्यटक स्थल निर्माण गर्नुपर्ने प्रस्तावहरु आइरहेको छ । सो खाली जग्गा नजिकै यलम्बर चोक र रत्न चोक रहेको छ । हरियाली सामुदायिक वनले यलम्बरको विशाल भूर्तिसहित सांस्कृतिक पार्क बनाउने भन्दै आएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…