• मोरङ । मोरङ पथरीशनिश्चरे—१ नंं. वडा कार्यालयले तीन जना छात्रालाई आज साइकल वितरण गरेको छ । 
    छोरीबुहारी शिक्षा कार्यक्रम अन्तरर्गत सुनाखरी मावि कक्षा १० मा अध्ययनरत सुमित्रा गुरुङ, ९ मा अध्ययनरत गंगा राई र ५ कक्षामा पढदै आएका झर्ना राईलाई साइकल वितरण गरिएको हो । 
    सुनाखरी माविको सभाहलमा बुधबार साइकल वितरण कार्यक्रमको आयोजना गरि छात्राहरुलाई प्रदान गरिएको हो । 
    वडा अध्यक्ष भीमकुमार राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर कार्यपालिका सदस्य वीरध्वज शिवा, शिक्षक अभिावक संघका अध्यक्ष उपेन्द्र मादेन लिम्बू, वडा सदस्यहरु बसन्ति गुरुङ, आरती बिक लगायतको उपस्थिति रहेको थियो । 
    विद्यालय व्यवस्थापन समितिको अध्यक्ष प्रदिपकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा प्रधानाध्यापक नरेन्द्र घिसिङले स्वागत गर्नुभएको थियो । कार्यक्रममा शिक्षिका भूमिका मगरले सञ्चालन गर्नुभएको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…