• मोरङ । पछिल्लो समयमा इलाका प्रहरी कार्यालय पथरीमा कार्यरत प्रहरी टोलीको सक्रियता बढेसँगै सामाजिक समस्याहरु न्युनिकरण र सुरक्षा व्यवस्थामा सुधारको संभावना बढेको छ । 
    इलाका प्रहरी कार्यालय पथरी प्रमुख भएर आएदेखि नै डीएएसी मोहनविक्रम दाहाल आफ्नो टोलीसहित सक्रिय देखिन्छन् । सरुवा भएर पथरी आएपछि स्थानीय उद्योग व्यवसायी, जनप्रतिनिधि, राजनीतिक÷सामाजिक संगठनका प्रतिनिधि, सञ्चार कर्मी लगायतसँग समूहिक भेटघाट आयोजना गरेर यस क्षेत्रको समस्या र समाधानको उपायहरु बारे सल्लाह लिएका थिए । 
    इलाका प्रहरी कार्यालयमा रहेका इन्सेक्टर सुशिलकुमार पाण्डे, ब्रह्मादेव यादव लगायतको टोली डीएसपी दाहालको योजनासँगै सक्रिय छन् । 
    पथरी कानेपोखरी क्षेत्रमा पछिल्लो समयमा गम्भीर समस्याको रुपमा लागू औषध कारोबार, ओसारपसार र वृद्धिहुँदै गएका प्रयोग कर्ताहरु देखिएको छ । सेवन गर्न दैनिक रुपमा लागू पदार्थ किन्नु पर्नेहुँदा पैसा आवश्यक हुन्छ । साथमा पैसा नभएपछि लागू औषध किन्न घर, छिमेकमा चोरी, लुटपाटसम्मको घट्ना बढ्ने संभावना रहन्छ । 
    लागू पदार्थ खरिद बिक्री, ओसारपसार र सेवन कर्ता घटाउने प्रहरीले प्रयास गरिरहेका छन् । डीएसपी दाहाल आएपछि पथरीमा लापसे (.लागू पदार्थ सेवन)ं किडबाट परीक्षण सुरु भएको छ । डीएपी दाहालले लागू पदार्थ नियन्त्रण गर्न एन्टि ड्रग स्क्वाट (एडीएस) टिम बनाएर अप्रेसन सुर गरेका छन् । 
    साउन दोस्रो हप्ता १३ जना संकास्पद युवा युवतिमा लापसे परीक्षण गर्दा ४ जना महिला र ७ जना पुरुषमा विभिन्न प्रकारको लागू पदार्थ सेवन भएको प्रमाणित भएको थियो । ती युवा, यवतिहरु १७ देखि २७ वर्ष उेमर समूहका थिए । 
    त्यसपछि साउन १८ देखि असोज १ गतेसम्म १३ जना अबैध लागू पदार्थ करोबारी, दुई जना दुर्लभ वन्यजन्तु सालकको खपटा, हाडखोरसहित पक्राउ गरेर मुद्धा चलाएका छन् । पक्राउ पर्नेमा चारजना भारतीय नागरिकसमेत रहेका छन् । 
    लागू पदार्ध ओसार पसारमा प्रयोग भएको एउटा अटो (ट्याम्पु)ं र दुई वटा भारतीय नम्बरसहित चार वटा मोटरसाइकलसमेत नियन्त्रणमा परेको छ । 
    पक्राउ परेका व्यक्तिहरु, सालकको खपटा, लागू औषध र सवारी साधनहरु सार्वजनिक गर्न आइतबार (भदौ २ं) इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको अयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, मोरङ जिल्ला प्रहरी प्रमुख एसपी नवीन कार्की, उपप्रमुख देविमाया काफ्ले, वडा अध्यक्षहरु लगायतको उपस्थितिमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक भयो । 

    यी हुन पक्राउ पर्ने व्यक्तिहरु

    दुर्लभ वन्यजन्तु सालकको खपटा बोकेर पूर्ब जाँदे गर्दा मोरङ रंगेली नगरपालिका–१ बस्ने बर्ष ४५ को गगन गच्छदार, सप्तरी जिल्ला कञ्चनपुर नगरपालिका वडा नं. ५ बस्ने बर्ष ३५ को बासुदेव सरदार पक्राउ परेको हो । दुई जना चढेको प्रदेश १–०२–०५२ प ११६७ नम्बरको मोटर साइकल नियन्त्रणमा परेको हो । दुई जनाको बयानको आधारमा उदयपुरबाट करिव ५ किलो सालकको खपटा नियन्त्रणमा लिइए प्रहरीद्वारा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । 
    उदयपुरबाट बेलका–३ का कृष्णराज मगर, ६ बस्ने डिकबहादुर पुर्वछाने मगर र सप्तरी कृष्णसवरण गाउँपालिका वडा नं. १ बस्ने उमेश प्रसाद चौधरीलाई खपटा मुद्धामा पक्राउ परेको हो । 
    लागू औषध कारोबार गरेको अभियोगमा मोरङ पथरीशनिश्चरे वडा नं. १ का भानु लिम्बू, गजराज मगर, वडा नं. ४ का सिमन परियार को २ ह १६१५ नं. को अटो रिक्सासहित पक्राउ परेको छ । वडा नं. ८ का दिपेश माझी र १० का सुरज लिम्बू, अशोक लिम्बु प्रहरी नियन्त्रणमा रहेका छन् । पक्राउ पर्नेहरु छुट्टाछुट्टै मिति र स्थानबाट पक्राउ परेका हुन् । 
    पक्राउ परेकाहरुबाट ब्राउन सुगर, ट्रमाडोल, स्पास्पेन क्याप्सुलहरुसहित भारतीय नागरिक, मोटरसाइकलसहित पक्राउ परेको छ । 

    भारतीय नागरिक ब्राउन सुगरसहित पक्राउ

    लगू औषध लिएर बिक्री गर्न आएका भारत अररिया बस्ने २१ बर्षिय मोहमद इसराक बीआर ३८ डी एबी ४२३५ नम्बरको मोटरसाइकलमा ४ ग्राम ब्राउन सुगरसहित कानेपोखरी २ बाट पक्राउ परेका छन् । 
    त्यसैगरी बीआर ३८ डी ७८८९ नम्बरको मोटरसाइकलको इन्डिकेटरमा लुकाएका अवस्थामा ७ ग्राम ब्रउन सुगर नियन्त्रणमा परेको छ । बीआर ३८ एल ९३०९ नम्बरको मोटरसाइकलमा १० ग्राम ब्राउन सुगरसहित मिथलेस कुमार मण्डल, भस्करकुमार शर्मा र शौरभकुमार पासवान पक्राउ परेको हो । 

    ब्रउन सुगर एक ग्रामको ६ हजार, डोजको ५ सय पर्ने
    लागू औषध ब्रउन सुगर एक ग्रामको ६ हजारसम्म खरिद बिक्रीहुने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रयोग कर्ताले एक पटकमा २० मिलिग्राम कम्तिमा ५ सयमा जोड लगाउछन् । 
    यसरी हेर्दा एक ग्राम ब्राउन सुगर ५० जनाले प्रयोग गर्न पुग्छ । प्रति डोज ५ सयमा विक्री गर्दा ६ हजारको माल २५ हजारभन्दा बढी बिक्री हुनेगरेको देखिन्छ । 
    पक्राउ परेकाहरुबाट १ देखि ७ र १० ग्रामसम्म एकैजनाबाट जम्मा २८ ग्राम ब्राउन सुगर पक्राउ परेको छ । ब्राउन सुगरसँगै ठूलो मात्रामा ट्रमाडोल र स्पास्पेन नियन्त्रणमा परेको छ । 

    नेपालमा प्रतिबन्धित क्याट फिस पक्राउ 

    पथरी प्रहरीले अबैध बस्तु नियन्त्रणको क्रममा नेपालमा प्रतिबन्धित मुङ्ग्री भनेर चिनिने ‘क्याट फिस’ पक्रेर नस्ट गरेको छ । 
    मानव स्वास्थ्य र वातावरणलाई प्रतिकुल असर पार्ने भारतबाट ल्याउदै गरेको अवस्थामा ६० किलो क्याट फिस र अखाद्य बस्तु क्याफिन (कुहिन नदिने रसायन) प्रयोग भएको ५० किलो पंगास गरेर ११० किलो माछा पक्रेर नस्ट गरेको छ । 

    टोकेसहित पक्राउ

    साउन २५ गते मोरङ कानेपोखरी—७ बाट प्रदीप चौधरी टोकेसहित पक्राउ गरेको छ । 
    मंहङ्गो मूल्यमा बिक्रीहुन प्रतिबन्धित टोके बोकेर जाँदै गर्दा मोरङ सुन्दरहरैचा ११ का ४० बर्षिय दीपककुमार चौधरी पक्राउ परेको हो । चौधरी सवार प्रदेश ०१—०२०४४ प ५४७७ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा गरेको हो । 


     

सम्वन्धित समाचार

मोरङ पथरीशनिश्चरे नगरका दिपेन्द्रराज तिम्सिनाको १२ पुस्तक ’गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रका…

मोरङ । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार साँझ मोरङ पथरीशनिश्चरेको पथरी…

मोरङ । मोरङ पथरीशनिश्चरे नगरपालिका १ नं. वडामा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहले वनको छ जना पू…

मोरङ । माओवादी केन्द्रको मोरङ पथरीशनिश्चरे नगरपालिका ४ नं. वडा समितिको दोस्रो सम्मेलनले अमर बराइलीको अध्य…