• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका भाषा संरक्षण र विकासको लागिरहेको छ । 
    पथरीशनिश्चरे नगरपालिका—१, स्थित सुनाखरी माविमा विगत चार बर्षदेखि चाम्लिङ राई भाषाको पठन पाठनहुँदै आएको छ । 
    सुनाखरी माविमा विगत चार बर्षदेखि चाम्लिङ राई भाषा पठनपाठनहुँदै आएको छ । सरोकार वाला संस्था किरात राई यायोक्खाका केन्द्र र नगर समितिका पदाधिकारी÷सदस्यहरुले नगरको विभिन्न विद्यालयहरुको साथै नगपालिकामा पहल गरेको थियो । 
    भाषाको पठनपाठन गर्न नगर शिक्षा बिभागले स्वीकृति दिएपछि चाम्लिङ राई खाम्बातिमको पहलमा राष्ट्रिय पाठ्याक्रम विकास केन्द्र एक पटक कक्षा ३ सम्मको भाषाको पुस्ताक दिएको थियो । 
    पाठ्यक्रम विकास केन्द्रमा चाम्लिङ राई भाषाको पुस्तक सकिएपछि सुनाखरीमा तीन बर्षदेखि पुरानै पुस्तक पढाइरहेको थियो । किरात राई यायोक्खाको पहलमा पथरीशनिश्चरे नगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१ मा कक्षा ५ सम्मको पुस्तक प्रकाशन गरिदिएको हो । 
    प्रकाशित पुस्तक नगर प्रमुख मोहनप्रसाद तुम्बापो, शिक्षा बिभाग प्रमुख नवीन खुलाल, १ नं. वडा अध्यक्ष भीमकुमार राई, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिवसमेत रहेका विद्यालयका सल्लाहकार अर्जुन जम्नेली राई, नगर अध्यक्ष प्रेम वाम्बुले राई लगायतले संयुक्त रुपमा विद्यालयलाई हस्तान्त्रण गरेका हुन । 
    पुस्तक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिपकुमार राई, प्रधानाध्यापक भूमिकादेवि मगर, भाषा शिक्षिका नुमा राईलाई हस्तान्तरण भएको हो । भाषा पठनपाठनको लागि नगरपालिकाले न्युनतम पारिश्रमिकमा स्वायम सेवक शिक्षक दिएको छ । 

    भाषाको पुस्तक र शैक्षिक वातावरणको अभावहुन दिन्नः खुलाल
    पुस्तक हस्तान्त्रणपछि बोल्दै नगरशिक्षा विभाग प्रमुख नवीन खुलालले आगामी दिनमा नगरमा भाषिक पुस्तक लगायत शैक्षिक वातारणको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । कार्यपालिका सदस्य भीमकुमार राईले स्थानीय सरकारले भाषा, सस्कार, संस्कृतिको संरक्षण र विकासमा लागिरहने बताए ।  
    किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले राज्यले भाषा विकासको लागि नीति, योजना निर्माण गरेपनि स्थानीय स्तरमा पर्याप्त रुपमा लागू नभएकोले लागि पर्नुपर्ने बताए । 
    भाषिक विकासमा नगरपालिका
    चाम्लिङ भाषाको साथै पथरीशनिश्चरे नगरे वडा नं. ७ मा रहेको चन्द्रकिरातेस्वर मावि, ४ नं. वडाको भागिरथ माविमा लिम्बू भाषा, २ नं. वटाको विश्वनाथ सांस्कृतिक पाठशालामा संस्कृत विषय पठनपाठनहुँदै आएको छ । त्यसैगरी १० नं. वटामा रहेको दुई वटा स्थानमा अनौपचारिक शिक्षाको रुपमा लिम्बू भाषा पठनपाठनमा नगरपालिकाले सहयोग गर्दै आएको नगर शिक्षा विभाग प्रमुख नवीन खुलालले बताए । 

    भाषा सम्बन्धी राष्ट्रिय नीति
    संघीय लोकतन्त्र स्थापनापछिको नेपालको संविधानले नेपालमा बोलिने सबै भाषाहरुलाई राष्ट्रिय भाषा भनेको छ । संघीय शिक्षा ऐन—२०७५, राष्ट्रिय शिक्षा नीति—२०७६, स्थानीय सरकार सञ्चालन ऐनले आधारभूत तह (कक्षा १—८ं)सम्म बाहुल्य रहेको विद्यालयमा भाषामा पढ्ने वातावरण बनाउनुपर्ने उल्लेख छ । 
    स्थानीय सरकार सञ्चालन ऐन अनुसार १०० पूर्णङ्कको स्थानीय बिषय समावेश गरेर पाठ्यक्रम÷पाठ्यपुस्तक बनाएर लागू गर्न पाउने वा स्थानीय भाषा पठानपाठन गर्न पाउने कानूनी व्यवस्था रहेको छ । यद्यपि स्थानीय पाठ्यक्रम निर्माण नभइसकेको पालिकाहरुमा स्थानीय भाषा पढाउनु पर्नेमा ऐच्छिक अंग्रेजी बिषय पढाउदै आएका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । पहिचावादी संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१&…

मोरङ पथरीशनिश्चरे नगरका दिपेन्द्रराज तिम्सिनाको १२ पुस्तक ’गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रका…

मोरङ । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार साँझ मोरङ पथरीशनिश्चरेको पथरी…

मोरङ । मोरङ पथरीशनिश्चरे नगरपालिका १ नं. वडामा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहले वनको छ जना पू…