• मोरङ । माओवादी केन्द्रको मोरङ पथरीशनिश्चरे नगरपालिका ४ नं. वडा समितिको दोस्रो सम्मेलनले अमर बराइलीको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन भएको छ । 
    शनिबार भएको सम्मेलनले उपाध्यक्षमा वीरबहादुर कार्की, पुष्पकुमार राई, ईन्दु मगर, सचिवमा हेमकुमार कुलुङ (विक्रम), सहसचिवमा डम्बर श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रकला पाठक रहेका छन् । 
    सदस्यहरुमा जानुका श्रेष्ठ, एगेन्द्र दर्जी, कुमार भुजेल, चन्द्रकुमार अधिकारी, विमला विक, चन्द्रकला राई, मानबहादुर दर्जी, घनश्याम चौधरी, मिलन भूजेल रहेका छन् । 
    त्यसैगरी पदबहादुर राई, मुना राई, कल्पना खाति, बुद्धिमान रामदान, डिकबहादुर विक, गोपाल थापा, राजेन्द्र बिक, रणकुमार राई, बिनादेवि रसाइली, जसबहादुर राई, रत्नकुमारी राई, तुलराम राई, नौधन राई, अमृतामाया श्रेष्ठ, लक्ष्मीप्रसाद राई रहेका छन् । 
    नव निर्वाचित पदाधिकारी सदस्यलाई कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य लालबहादुर शुस्लिङ मगरले पद तथा गोपनियताको सफत खुवाएका थिए । नगर अध्यक्ष गोविन्द कटुवाल, सचिव मान दियाली, पार्टी जेष्ठ नागरिक मञ्च प्रदेश सदस्य शिव तिम्सिना, युवा नेता राज तिरुवा, जयमान लिम्बूको उपस्थितिमा सम्मेलन समापन भएको थियो । किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय महासचिव अर्जुन जम्नेली राई लगायतको उपस्थिति रहेको थियो । 


     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…