• मोरङ । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार साँझ मोरङ पथरीशनिश्चरेको पथरीमा कार्यकर्ताले स्वागत गरेका छन् । 
    प्रमुख प्रतिपक्षीको भूमिकामा रहेका अध्यक्ष प्रचण्ड शनिबार सुनसरी र मोरङको पार्टी प्रवेश कार्यक्रमपछि झापा जाने क्रममा पथरीमा कर्यकर्ताहरुले स्वागत गरेको हो । 
    शनिबार साँझ मुख्य सडक स्थित डिपार्टमेन्ट नजिकै माला, खादा लगाएर स्वागत गरेका हुन् । प्रचण्ड गाडिबाट उत्रेपछि उपस्थित कार्यकर्ताहरुले क्रान्ति नायक प्रचण्ड जिन्दावाद, भ्रष्ट्राचार विरुद्धको अभियान जारी छ । नेकपा (माओवादी केन्द्र)ं जिन्दावाद लगायतका नारा लगाएका थिए । 
    कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज कुशल लिम्बू, केस तथा जिल्ला सह इन्चार्ज लालबहादुर मगर, केस तथा प्रदेश सभा सदस्य गीता तिम्सिना, नगर अध्यक्ष गोबिन्द कटुवाल लगायत करिव तीन सय कार्यकर्ताले स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्ड झापा गएको सो संगठनले जनाएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…