• मोरङ । प्रदेशको नाम कोशी खारेजी सम्बन्धि भोली (मंसिर २ं) विराटनगरमा हुने विरोध कार्यक्रममा पूर्ब उर्जा मन्त्रीसमेत रहेको माओवादी केन्द्रको उपाध्यक्ष पम्फा भुसाल आउने भएको छ । 
    प्रदेश नं.१ पुन नामङ्कन संयुक्त संघर्ष समितिले आइतबार विराटनगरमा ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नाम विरुद्ध विरोध प्रदर्शन’ कार्यक्रममा सम्बोधन गर्न उपाध्यक्ष पम्फा भुसाल आउने भएको सो संगठनले जनाएको छ । 
    प्रदेश सभाले २०८९ फागुन १७ गते कोशी नाम राखेपछि सोही दिनबाट आन्दोलन भइरहेको छ । आन्दोलनको क्रममा ४२ बर्षिय युवा पदम लिम्बू (लाजेहाङ)ले सहादत (सरकारबाट सहिद घोषणां) प्राप्त गरेका छन भने प्रहरीको गोली लागेर गजेन्द्र फागोको खुट्टा जीवनभर काम नलाग्ने गरी घाइते भएको छ । 
    आन्दोलनकै क्रममा इलाम माङ्सेबुङको आशिष लिम्बू १९ महिनादेखि जेलमा रहेका छन् । प्र्रदेश सरकार र आन्दोलनरत पक्षको ३ चरणमा वार्ता भएपनि पुन नामकरणको प्रकृया अघि बढेको छैन् । 
    आन्दोलन चर्किदै गएपछि माओवादी केन्द्रको केन्द्रीय र प्रदेश समितिले विज्ञप्ति निकालेरै कोशी नाममा भोट दिनु त्रृटि भएको भन्दै पुन नामकरणको वातावरण बने पार्टी तयार रहेको जनाएको थियो । प्रदेश सभामा माओवादी केन्द्रको १३ जना सभा सदस्य रहेका छन् । 
    त्रृटि सच्याउन तयार रहेको भन्दै प्रदेश सभा नियमालीको नामकरण सम्बन्धी बुँदा थप्न माओवादी केन्द्रको तर्फबाट संशोधन प्रस्ताव दर्ता समेत गरेको छ । यद्यपि प्रदेश सभाको बहुमातबाटै संशोधन हुने संशोधन प्रस्ताव पेन्डिङमा रहेको छ । पुन नामकरणको पहिलो प्रकृया नै प्रदेश नियमावली संशोधन गरेर प्रदेशको नाम सम्बन्धि बुँदा थप गरेर बहुमत बाट पारित गर्नुपर्छ । सो बुँदा थपेपछि नाम सम्बन्धि संशोधन प्रस्तावबाट पुन नामकरण हुन्छ । 
    पहिचान आन्दोलनकारीहरुले ओखलढुङ्ग, झापा दमकमा मुख्यमन्त्री सवार गाडीमा अवरोध गरेको थियो । उदयपुर, खोटाङ, इलाम, मोरङ लगायतका जिल्लाहरुमा प्रदेश मन्त्री तथा सभा सदस्यहरुलाई आक्रमण तथा मोसो दलिएको थियो । 
    आन्दोलन बढ्दै गएपछि नेपाली कांग्रेसका १४ जिल्ला सभापतिहरुले संयुक्त विज्ञप्ति प्रकाशन गरेर जनताको माग अनुसार पुन विचार गर्नुपर्ने जनाएको थियो । पार्टी नेता डा. शेखर कोइलाला, भीष्मराज आङ्देम्बे लगायतले सार्वजनिक रुपमै पहिचान आन्दोलनको समर्थनमा विचार दिदै आएका छन् । 
    प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले आइतबार विराटनगरमा विरोध प्रदर्शनसँगै नयाँ चरणको आन्दोलन घोषणाको कार्यक्रम राखेको हो । संघर्ष समितिले उक्त कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री प्रचण्डलाई ल्याउन चाहेका थिए । 
    प्रचण्डको आफ्नो निर्वाचन क्षेत्र गोरखामा विराटनगर कार्यक्रम निम्तो पुग्नु अघि नै अर्को कार्यक्रम तय भएपछि कोशी नाम खारेजी सभामा बोल्न उपाध्यक्ष पम्फा भुसाल आउने भएको हो । 
    कोशी नाम खारेजी आन्दोलन सुरुदेखि नै माओवादी केन्द्र सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चा, लिम्बुवान राष्ट्रिय मोर्चा, आदिबासी जनजाति सम्बद्ध संगठनहरु सहभागि थिए । 
    पार्टी केन्द्र र प्रदेशमा सरकारमा भएको कारण सिङ्गो पार्टी आन्दोलनमा आएको थिएन । प्रतिपक्षमा आएपछि कोशी नाम खारेजीको आन्दोलनमा माओवादी केन्द्रको सहभागिता रहने संकेत देखिएको हो । 
    गोरखामा आफ्नो कार्यक्रम भएपछि अध्यक्ष प्रचण्डले पहिचान आन्दोलनको विरोध सभामा सम्बोधन गर्न पूर्ब मन्त्रीसमेत रहेको पम्फा भुसाल पठाउने भएको हो । पार्टीको प्रदेश समितिले संघर्ष समितिमा प्रतिनिधिका रुपमा पार्टी प्रदेश समिति उपाध्यक्ष शिव डाँगीलाई पत्र लेखेरै पठाएको पहिचान आन्दोलन संघर्ष समितिका संयोजक प्रेम एक्तेनले जानकारी दिए । 
    पुन नामकरण संघर्ष गरिरहेको संगठनहरुसँग माओवादी केन्द्र केन्द्रीय समिति लागेमा प्रदेशमा निर्णयक आन्दोलन हुनसक्ने संभावना छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…

भूमिप्रसाद पाठक निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। आज आईतबार वडा नम्ब…

मोरङ । उद्यौली चाडको अवसरमा किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङको आयोजनामा आइतबार साकेला सि…