• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता–२०८१ मा यस बर्ष पनि पदक तालिकामा बुद्ध मावि अघि देखिएको छ । 
    गतबर्षको बिजेता बुद्ध मावि बिहिबारसम्म सम्पन्न भएको प्रतियोगितामा ६ वटा गोल्ड र ४ सिल्भरसहित पदक तालिकामा अग्र पंत्तिमा रहेको छ । त्यसैगरी २ गोल्ड र २ सिल्भरसहित सिंहबाहिनी मावि पदक तालिकामा दोस्रो देखिएको छ । बाल कल्याण १ गोल्ड र १ सिल्भरसहित तेस्रो स्थानमा छ ।
    दुर्गा माविले १ गोल्ड, भागिरथ र अमरसिंह माविले १÷१ वटा शिल्भर पदक प्राप्त गरेका छन् । 

    भलिबलमा पुरुषतर्फ पञ्चायत भर्सेज रेडस्टार, महिलामा एभरेष्ट भर्सेज भागिरथ मावि फाइनल खेल्ने 


    बिहिबार भएको पुरुष तर्फको खेलमा एभरेष्ट स्कुललाई पराजित गर्दै पञ्चायत मावि, रेडस्टार बोर्डिङ स्कुले अरुणोदय बोर्डिङ स्कुललाई सेमी फाइनलमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 
    छात्रा तर्फ वाल्मीकि बोर्डिङ स्कुललाई पराजित गर्दै एभरेष्ट, सुनाखरीलाई पराजित गर्दै भागिरथ मावि फाइनलमा प्रवेश गरेको हो । भलिबलको फाइनल सुक्रबार सुनाखरी माविको खेल मैदानमा हुने आयोजक सुनाखरी माविका प्रअ भूमिकादेवी मगरले बताए ।  

    तेक्वान्दोको नजिता
    राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगितामा तेक्वान्दो पुरुष तर्फ ५ वटा तौल समूहमा प्रतियोगिता गराइएको थियो । जसमध्ये ४२ केजी समूहमा रेडस्टारका सागर तामाङ, चन्द्र किराँतेश्वर माविका चन्द्र मगर क्रमस प्रथम र दोस्रो भए । 
    ४७ केजी समूहमा रेडस्टारकै डिस्चल डाँगी, चन्द्रकिराँतेस्वरका रबिन दियाली र दुर्गा माविका सनिस शर्मा प्रथम, दोस्रो र तेस्रो भए । त्यसैगरी ५२ केजी समूहमा वाल्मीकि बोर्डिङ स्कुलका टेकबहादुर पाण्डे, ५७ केजीमा अमरसिंह माविका गत्तम चौधरी र ६२ किलो समूहमा सिंहबाहिनी माविका रोज पौडेल प्रथम भएको प्रशिक्षक सुरेन्द्र लिम्बूले बताए । 
    महिलातर्फ ४० किलो समूहमा जनता माविका अनिशा चेम्जोङ प्रथम र वाल कल्याणका बिना राई दोस्रो भए । 
    ५० किलो समूहमा रेडस्टारका सैना राई, जनता माविका सुमिरा चेम्जोङ र ६० किलो समूहमा चन्द्र किराँतेस्वर माविका रानी राई प्रथम भएका छन् । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…