मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—३ मा माघ १३ देखि ३ दिनसम्म लागेको यले मेलाको हिसाव सार्जजनिक भएको छ ।
हाङ यलम्बर संवतको नयाँ बर्षको अवसरमा पथरीशनिश्चरे—३ मा बर्षेनी ३ दिन महोत्सव लाग्दै आएको छ । यो बर्ष यले संवतको ५०८५ लागेको हो ।
मुन्धुमी मा चुम्लुङको आयोजनामा लागेको मेलामा सहयोग रसिद, बजारक बट्टी, सवारी साधन स्टेन, नगरपालिका र वडाबाट ५ लाख २७ हजार आय भएको विवरण उल्लेख छ ।
व्यायतर्फ साउण्ड सिष्टम, कलाकार खर्च, प्रचारप्रशार, छपाई लगायत ४ लाख २२ हजार खर्च भएर १ लाख ५ हजार बचत भएको आयोजक मुन्धुमी मा चुम्लुङका अध्यक्ष किसानसिंह लिम्बू (मौसमं)द्वारा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ । बचत रकम यले मेला परिसरमा भौतिक निर्माणमा खर्चहुने उल्लेख छ ।
मेलामा गायक दीपक लिम्बू, मल्लिका कार्की, बबिना किराती लगायतका कलाकारहरु ल्याएका थिए ।