• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता–२०८१ को भलिबल तर्फको खेलमा पञ्चायत मावि र एभरेष्ट बोर्डिङ स्कुलले गोल्ड मेडल हाता पारेको छ । 
    आज.(माघ २५ं) गते भएको फाइनल खेलमा छात्र तर्फको खेलमा रेडस्टार बोर्डिङ स्कुललाई वेष्ट अफ फाइबमा पराजित गर्दै पञ्चायत माविले गोल्ड मेडल जितेको हो । 
    फाइनलको पहिलो खेलमा २५—२१ रेडस्टार, दोस्रो २५—२० मा पञ्चायत, तेस्रो २५—२० ले रेडस्टार र २०—२५ ले पञ्चायतले जित्दै ४ खेलमा २ बराबर जित हाता पारेका थिए । वेष्ट अफ फाइपमा १५—१३ ले रेडस्टारलाई पराजित गर्दे पञ्चायतले गोल्ड मेडल जितेको हो । नगर स्तरीय खेलमा रेडस्टार बोर्डिङ स्कुल दोस्रो स्थान कायम गर्दै शिल्भर मेडल प्राप्त गरेको हो । 

    महिला भलिबलमा एभरेष्टलाई गोल्ड मेडल

     

    छैटौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता–२०८१ को महिला तर्फको भलिबल खेलमा एभरेष्ट बोर्डिङ स्कुलले गोल्ड मेडल जितेको छ । 
    वेष्ट आफ थ्रीको खेलमा भगिरथ माविलाई २५—१६ र २५—१५ को सोझो सेटमा पराजित गर्दै एभरेष्ट स्कुलले महिलातर्फको भलिबलमा गोल्ड मेडल जितेको हो । नगरस्तरीय खेलमा भगिरत मावि दोस्रोहुँदै महिला भलिबलमा शिल्भर मेडल प्राप्त गरेको हो । 

     

     

सम्वन्धित समाचार

काठमाडौं । मुक्कुमलुङ(पाथीभरा) संरक्षक र सरकाबीचको चैत्र ७ गते उच्चस्तरीय वार्ता हुनेभएको छ । मुक्कुमलुङम…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगरसमिति मोरङको आयोजनामा भएको ‘प्रथम अन्तर स्कुल टिम बुद्धि…

हेम गिरी कोलोराडो/संयुक्त राज्य अमेरिकाको कोलोराडोमा रहेका नेपाली भाषी भुटानीहरुको एक मात्र साझा सं…

मोरङ । मोरङको पथरी शनिश्चरे—१ स्थित पञ्चायत माविमा स्काउट सदस्यहरुका लागि दिक्षान्त समारोहको उद्घाटन …