• मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चा झापा जिल्लाको बिहिबार भएको प्रथम जिल्ला सम्मेलनबाट शन्तोष राईको नेतृत्वमा नयाँ समिति चयन भएको छ । 
    समितिको उपाध्यक्षमा सुन्दर देवान रार्ई, सचिवमा राजकुमार राई, सहसचिवमा डीकवीर कुलुङ, कोषाध्यक्षमा मनिका राई सर्वसहमत चयन भएका छन् । 
    सदस्यहरुमा श्यामकुमार राई, नहकुल राई, असीम राई, नवीन राई, लोबिता राई, प्रकाश राई, टिका खालिङ राई, विष्णु राई, पूर्णकुमार राई चयन भएका छन् । 
    मोर्चाको जिल्ला सचिव लिलाबहादुर राईको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन कार्यक्रममा किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, महासचिव अर्जुन जम्नेली राई, सचिव हर्क छिन्ताङ राई, नेकपा (माओवादी केन्द्र) प्रदेश समिति सदस्यसमेत रहेका दमक नगर इन्चार्ज बेदु गौतम लगायतले शुभकामना दिएका थिए । 
    किराती राष्ट्रिय मुक्ति मोर्चाको पाँचौ र लिम्बुवान रािष्ट्रय मुक्ति मोर्चाको सातौ राष्ट्रिय सम्मेलनको संयुक्त उद्घाटन बैशाख २६ गते धरानको भानुचोकमा पार्टी अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा हुँदैछ । 
     


     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…