• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोली (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव हुँदैछ । 
    नगरको युवा तथा खेलकुद विकास समितिको आयोजनामाहुने महोत्सवमा फुटबल पुरुष र महिला, भलिबल पुरुष, क्रिकेट पुरुष, बुद्धिचाल (चेस), कराँते, म्याराथुन महिला, पुरुष, भारोतलान महिला, पुरुष, पौडि महिला, पुरुष गरी आठ वटा इभेन्टमा प्रतिष्पर्धा गराइने आयोजक नगर खेलकुद समितिका अध्यक्ष दीपक राईले बताए । 
    हरेक इभेन्टमा खेल विजेता खेलाडीहरुलाई नगद, प्रमाणपत्र र मेडलको व्यवस्था गरिएको शिक्षा बिभाग प्रमुखसमेत रहेका आयोजक समितिका सचिव नवीन खुलालले बताए । 
    आठ वटा इभेन्टमा हुने पुरै खेलकुद महोत्सवमा १४ लाख ५० हजार खर्चहुने अनुमान गरिएको सचिव खुलालले बताए । पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका सदस्य लोकसागर साम्बा, फुटबल प्रेमी भिष्म न्यौपाने लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता बैशाख २० गते पथरीशनिश्चरे स्थित प्रस्तावित रंगशालामा उद्घाटन र ३० गते समापन हुने बताइएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि सोमबार शिलान्यास भएको छ ।  न…

काठमाडौं । कोशी नाम खारेजी र पहिचानको आधारमा नाम राख्न माग गर्दै आन्दोलनरत संगठनहरुले आन्दोलनसँगै …

मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित युमा माङहिममा नेपालको राष्ट्रिय विभूति समाज सुधारक फाल्गुनन्द लिङ्देनक…

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चाको सुनसरीको धरानमा भएको ५ औं राष्ट्रिय सम्मेलनबाट पूर्व मन्त्री रामकुमार…