• मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चा झापा जिल्लाको बिहिबार भएको प्रथम जिल्ला सम्मेलनबाट शन्तोष राईको नेतृत्वमा नयाँ समिति चयन भएको छ । 
    समितिको उपाध्यक्षमा सुन्दर देवान रार्ई, सचिवमा राजकुमार राई, सहसचिवमा डीकवीर कुलुङ, कोषाध्यक्षमा मनिका राई सर्वसहमत चयन भएका छन् । 
    सदस्यहरुमा श्यामकुमार राई, नहकुल राई, असीम राई, नवीन राई, लोबिता राई, प्रकाश राई, टिका खालिङ राई, विष्णु राई, पूर्णकुमार राई चयन भएका छन् । 
    मोर्चाको जिल्ला सचिव लिलाबहादुर राईको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन कार्यक्रममा किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, महासचिव अर्जुन जम्नेली राई, सचिव हर्क छिन्ताङ राई, नेकपा (माओवादी केन्द्र) प्रदेश समिति सदस्यसमेत रहेका दमक नगर इन्चार्ज बेदु गौतम लगायतले शुभकामना दिएका थिए । 
    किराती राष्ट्रिय मुक्ति मोर्चाको पाँचौ र लिम्बुवान रािष्ट्रय मुक्ति मोर्चाको सातौ राष्ट्रिय सम्मेलनको संयुक्त उद्घाटन बैशाख २६ गते धरानको भानुचोकमा पार्टी अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा हुँदैछ । 
     


     

सम्वन्धित समाचार

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चा धनकुटा जिल्लाको मंगलबार भएको प्रथम जिल्ला अधिवेशनबाट अमृत राईको नेतृ…

मोरङ । पूर्ब प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) वैशाख २६ गते स…

मोरङ । नेकपा (माओवादी केन्द्र) सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाको सुक्रबार बेलबारीमा भएको प्रथम जिल्ला स…

मोरङ । मोरङको कानेपोखरीमा देशभरबाट तेक्वण्दो खेलाडीहरु खेल प्रतिष्पर्धाको लागि आउने भएका हुन्  नेपा…