• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोली (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव हुँदैछ । 
    नगरको युवा तथा खेलकुद विकास समितिको आयोजनामाहुने महोत्सवमा फुटबल पुरुष र महिला, भलिबल पुरुष, क्रिकेट पुरुष, बुद्धिचाल (चेस), कराँते, म्याराथुन महिला, पुरुष, भारोतलान महिला, पुरुष, पौडि महिला, पुरुष गरी आठ वटा इभेन्टमा प्रतिष्पर्धा गराइने आयोजक नगर खेलकुद समितिका अध्यक्ष दीपक राईले बताए । 
    हरेक इभेन्टमा खेल विजेता खेलाडीहरुलाई नगद, प्रमाणपत्र र मेडलको व्यवस्था गरिएको शिक्षा बिभाग प्रमुखसमेत रहेका आयोजक समितिका सचिव नवीन खुलालले बताए । 
    आठ वटा इभेन्टमा हुने पुरै खेलकुद महोत्सवमा १४ लाख ५० हजार खर्चहुने अनुमान गरिएको सचिव खुलालले बताए । पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका सदस्य लोकसागर साम्बा, फुटबल प्रेमी भिष्म न्यौपाने लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता बैशाख २० गते पथरीशनिश्चरे स्थित प्रस्तावित रंगशालामा उद्घाटन र ३० गते समापन हुने बताइएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…