• २०७४ फागुन २५ शुक्रवार


    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनवीच मे महिनाभित्र भेटवार्ता हुने खुलासा भएको छ ।

    अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर बोल्दै दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ एउइ यङले, कोरियाली प्रायद्वीपमा निशस्त्रीकरणको विषयमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्ने खुलासा गरेका हुन् ।

    चुङ तिनै व्यक्ति हुन् जसले यही साताको शुरुवातमा उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गरेका थिए ।

    दक्षिण कोरियाली प्रतिनिधि मण्डल वासिंटन पुुगेलगत्तै, एक अर्काका कट्टर विरोधी नेताहरु ट्रम्प र किमवीच प्रत्यक्ष कुराकानी हुने खुलासा भएको हो । ट्रम्प र किमवीच हुने भनिएको भेटवार्तालाई असाधारण र अप्रत्यासित भनिएको छ ।

    दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनसँग कुरा गरेपछि, ट्रम्प उत्तर कोरियाली नेता किमसँग भेटघाट गर्न सहमत भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

    ट्रम्पसँगको भेटवार्तापछि ह्वाट हाउस बाहिर पत्रकारहरुसँग बोलेका दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा सल्लाहकार चुुङ एउइ यङले भने   मैले राष्ट्रपति ट्रम्पलाई उनको नेतृत्व, र अन्तर्राष्ट्रिय एकताका लागि उनले लिएको अधिकतम दबावपूर्ण नीतिको बारेमा व्याख्या गरेपछि, दुई कट्टर नेतावीच वार्ता गर्ने बिन्दु तय भएको हो“ ।

    दक्षिण कोरियाली टोलीसँगको भेटवार्तामा उत्तर कोरियाली नेता किम आफ्नो क्षेप्यास्त्र परीक्षण सहित निशस्त्रीकरणका लागि सहमत भएको दक्षिण कोरियाली अधिकारीहरुको दाबी छ ।

    नेता किमले आफ्नो आणविका कार्यक्रम स्थगनका लागि अमेरिका र दक्षिण कोरियावीचको संयुक्त सैन्य अभ्यास रोक्नु पर्ने शर्त समेत नराखएको उनीहरुको दाबी छ ।

    लामो समयको प्रयासपछि, उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित हिउँदे ओलम्पिकका भाग लिएसँगै उत्तर र दक्षिणकोरिसँगै अमेरिकावीचको सम्बन्धमा घटनाक्रमले नयाँ मोड लिएको हो ।

    यही हप्ता दक्षिण कोरियाली राष्ट्रपति मून जाए यिनले, उत्तर कोरियामा उच्चस्तरीय प्रतिनिधि मण्डल पठाएका थिए । उनीहरु घर फर्किल गलत्तै राष्ट्रपति मूनले, अर्को कूटनीतिक टोली वासिङ्टन पठाएका हुन् ।

सम्वन्धित समाचार

हेम गिरी कोलोराडो/अमेरिकाको कोलोराडोस्थित डेन्भर शहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ …

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…