•  २०७४ फागुन २५ शुक्रवार


    काठमाडौं : राष्ट्रियसभामा मनोनित तीन सांसदले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने भएका छन्।सरकारद्वारा सिफारिस भएका डा.युवराज खतिवडा, रामनारायण विडारी रडा. विमला पौडेलले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने भएका हुन्।

    डा.खतिवडा अर्थमन्त्री छन्।   निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली प्रकाशन गरिसकेको हुनाले तीनै जना राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट वञ्चित भएका हुन्।

    ‘राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन भइसकेको छ', निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, 'त्यसैले उहाँहरूले मतदान गर्न पाउनुहुने छैन।’

    सर्वोच्च अदालतले शपथ ग्रहण नगराउन आदेश दिएसँगै तीनै जना संसदमा भएको सामूहिक शपथग्रहणमा सहभागी हुन पाएका  थिएनन्। तीनै जनाको शपथग्रहण रोक्न परेको रिट सर्वोच्च अदालतको अर्को आदेशले खारेज गरेपछि उनीहरुलाई शपथग्रहणको बाटो खुलेको हो।

    यसअघि शेरबहादुर देउवानेतृत्वको सरकारले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीको नाम सिफारिस गरेको भए पनि राष्ट्रपति विद्या भण्डारीले अनुमोदन गरेकी थिइनन्। केपी ओली सरकारले देउवा सरकारले गरेको सिफारिस खारेज गर्दै खतिवडा, राई र विडारीको नाम सिफारिस गरेको थियो।

    तीनै जनाले पछिल्लाे मनोनयन रद्द गर्न माग गर्दै बस्नेत, पौडेल र जोशीले हालेको रिटमा प्रकाशमानसिंह राउतको एकल इजलाशले पछि मनोनित तीन जनालाई शपथ नगराउन अन्तरिम अादेश जारी गरेको थियो।

    शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा सिफारिस गरेको नाम थन्क्याएर नयाँ सरकारले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…