•  

    अर्जुन जम्नेली राई /रातोकलम

    मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयियोगिताको भोलि (बिहीवार) सेमि फाइनल खेल हुदैछ ।

    पथरी शनिश्चरे नगरपालिका-१ मा स्थापित पथरी बिशाल युथ क्लबको आयोजनामा भइरहेको फुटबल खेलको बिहिबार यलम्बर फुटबल क्लब र आयोजक टिम, दोस्रो खेलमा नबोदय र बुद्ध युनाइटेड फुटबल क्लबवीच
    सेमि फाइनल खेल हुने शन्तोष गुरुङले बताए ।

    बुधबारको क्वाटर फाइनलमा यलम्बर फुटबल क्लबले रेडबुल रैलालाई र आयोजकले एभरेष्टलाई पराजित गरेका थिए ।

    मंगलबारको खेलमा नबोदयले शिवालय र त्रिवेणीलाई बुद्ध युनाइटेडले पराजित गर्दै सेमि फाइनलमा प्रबेस गरेको थियो ।



    पथरी रंगशालामा भइरहेको खेलको
    फाइनल शुक्रबार हुने आयोजकले जनाएको छ । खेल बिजेता र उप बिजेता टिलमालाई क्रमश ३० र १५ हजार नगद पुरस्कार प्रदान हुने आयोजकले जनाएको छ ।

    कोरोना भाइरसको कारण लामो लकडाउन र समाज त्यसमा पनि युवाहरुमा निरासा पैदा हुँदै गएको कारण थोरै भएपनी मनोरन्जन होस भन्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको पथरी बिशाल युथ क्लबले जनाएको छ ।

    पूर्बी मोरङको बेलबारी, पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकाको २४ वटा टिम सहभागी रहेको खेल भदौ ५ गतेबाट सुरु भएको थियो । प्रतियोगिताको दोस्रो चरणबाट ए डिभिजनमा खेल्ने राष्ट्रिय खेलाडिहरु प्रशस्त मैदानमा उत्रिएको निर्णायक (एम्पाएर) कृष्ण राईले बताए ।

    कोरोणा भाइरसको प्रकोप र लकडाउनको कारण लामो समयदेखि खेल आयोजना नभएकाले पथरी रंगशालामा आयोजित खेलमा ए डिभिजनका खेलाडीहरु मैदानमा उत्रिएका हुन ।



     

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…

राजेन्द्र महतो लहान साउन २८ गते।सिरहाको सुखीपुर नगरपालिका भित्र भएको पिसिआर टेष्टमा मंगलबार एकै वडाका ८…