• राजेन्द्र महतो
    लहान साउन २८ गते।सिरहाको सुखीपुर नगरपालिका भित्र भएको पिसिआर टेष्टमा मंगलबार एकै वडाका ८ जनाको कोरोना पोजेटिभ देखिएपछि सुखीपुर नगरपालिका ले अगामी श्रावण ३२ गतेसम्म लकडाउन तथा अत्यावश्यक बाहेकका सबै कामकाज बन्द गर्ने निर्णय गरेको छ ।
    यो अबधिमा अत्यावश्यक सेवा बाहेक हाटबजार पसल ,होटेल र निजी सरकारी कार्यालय बैंक तथा वितिय संस्था बन्द गर्ने निर्णय गरिएको छ ।
    त्यस्तै, सिरहाको बिष्णुपुर गाउँपालिकाले कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलिइरहेका
    बेला बिष्णुपुर गाउँपालिका भित्र मा जोखिम कम गर्नका लागि साउन २७ गते राती १२ बजे देखि साउन ३२ गतेस राती १२ बजे सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ। सुखीपुर नगरपालिका भित्र भएको पिसिआर टेष्टमा एकै वडाका ८ जनाको कोरोना पोजेटिभ देखिएपछि बिष्णुपुर बजार क्षेत्रभित्र पनि अपरिचित मानिसको भिडभाड हुनेभएकोले यस्तो निर्णय गर्नुपरेको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेस्वर यादबले बताएका छन।
    लकडाउन अवधिभरमा अति आवश्यक सेवा एम्बुलेन्स, औषधी पसल, दूध ढुवानी गाडी खानेपानी फोहर मैला व्यवस्थापन जस्ता अति आवश्यक कार्य संचालन बाहेक अन्य सेवा बन्द हुने छ ।
    गाउँपालिका अन्तर्गत हाटबजार, सभा समेलन, व्यवसाय, होटेल तथा रेष्टुरेन्ट लगायतका अन्य पसल सार्वजनिक तथा निजि सवारी साधन पनि बन्द गर्ने निर्णय गरेको छ । लकडाउन भित्र भिडभाड कम गराउने, स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गराउने कार्यलयहरुमा कम आवतजावत गर्नका लागि समेत आग्रह गरेका छ्न ।यसअघि सिरहाको प्रमुख ब्यापारी केन्द्र सिरहा, लहान ,मिर्चैया ,गोलबजार तथा धनगढीले पनि श्रावण ३२ गतेसम्मको लागि आफ्नो क्षेत्रमा लकडाउन गरिसकेको छ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…