• लिम्बुवान

    लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको कार्यालयको विस्तारित बैठक अध्यक्ष क. मुक्सामहाङ मेन्याङबोको अध्यक्षता एवं मोर्चाका इन्चार्ज तथा अर्थ एवं योजना मन्त्री क. मौसमको विशेष उपस्थितिमा यहि २०७४ साल फाल्गुण २१ गतेका दिन विराटनगरमा सम्पन्न भयो ।
    बैठकले गरेका निर्णयहरु कार्यान्वयनका लागि नेपाल सरकार, प्रदेश सरकार र प्रदेश सभासँग माग राखी ज्ञापनपत्र बुुझाउने देखि दवावमुुलक संघर्षका कार्यक्रमहरु संचालन गर्ने निर्णय समेत गरेको छ ।

    उक्त बैठकले गरेका तपसिलका प्रमुुख निर्णयहरु स्वागतम होटलमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो हो

    निर्णयहरु

    १. लिम्बुुवान स्वायत्त प्रदेश प्राप्ति नभएसम्म लिम्बुुवानी जनताको पुर्ण अधिकार प्राप्ति र मुक्ति सम्भव नभएको हुँदा आत्म निर्णयको अधिकार सहितको लिम्बुुवान स्वायत्त प्रदेश स्थापनाका लागि संघर्ष जारी राख्ने ।

    २. प्रदेश नम्बर १ को भौगोलिक स्थिति, विभिन्न जातजाती एंव समुदायहरुको अवस्थिति र वर्तमान शक्ति सन्तुुलनको सापेक्षतामा १ नम्बर प्रदेशको नाम संयुक्त पहिचान झल्कने गरि किरात–लिम्बुुवान–कोच राख्न माग राख्ने ।

    ३. लिम्बु भाषा र श्रीजंगा लिपिलाई प्रदेश र स्थानीय तहको सरकारी कामकाजी भाषा र लिपि तोक्न माग राख्ने ।
    ४. लिम्बु मातृभाषमा पठन पाठन गर्न माग राख्ने ।

    ५. आदिवासी लिम्बुु जातिको भाषा र लिपीको संरक्षरण, सम्वद्र्धन एवं विकासको निम्ति १ नं प्रदेशमा श्रीजंगा विश्वविद्यालय स्थापना गर्न माग राख्ने ।

    ६. मोर्चाका केन्द्रीय सचिव क. काजीमान लिम्बुको मोटरसाइकल दुुर्घटानामा परी असमयिक निधन भएकोमा उहाँ प्रति हार्दिक समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरियो ।

    ७. मोर्चाको नीति एवं कार्यक्रम विपरित कार्य गर्ने मोर्चाका वरिष्ठ उपाध्यक्ष क. रमेश लिङदेनलाई हाल निलम्बन गरिे छानविन प्रतिवेदन पेश गर्न अनुुुशासन विभागलाई जिम्मा दिने ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…