• उत्तर कोरिया र त्यहाँका शासक किम जोङ उनका बारेमा जान्ने इच्छा सबैलाई हुनसक्छ । तर, उत्तर कोरिया र किम जोङका विषयमा खासै जानकारी बाहिर आउँदैन । उत्तर कोरियाली तानाशाह किम हाइड्रोजन बम परीक्षणका कारण अहिले चर्चामा छन् । किमले लगातार आणविक कार्यक्रम बलियो बनाइराखेका छन् । र उनको चर्चा विश्वभर चुलिँदो अवस्थामा छ ।लगातारको आणविक बम र क्षेप्यास्त्र परीक्षणका कारण संयुक्त राष्ट्रसंघले उनको देशमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धका कारण त्यहाँका जनताको जीवनमा अप्ठ्यारो छ । त्यहाँ पाँचमध्ये दुई जना कुपोषणग्रस्त भएको बताइन्छ । तर, शासक किम भने विलासी जिवन विताउँछन् । आफ्नो भोगविलासका कारण उनी करोडौंरुपैयाँ खर्च गर्छन् ।

    दक्षिण कोरियाको जासूसी संस्थाले त्यहाँको संसदमा एक प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनअनुसार किमको महंगो शोख यस्तो छ

    १. उत्तर कोरियामा बन्ने रक्सी सस्तो र सजिलै पाइन्छ । तर किमलाई यसको स्वाद मन पर्दैन । त्यसैले उनी हरेक वर्ष दुई अर्ब रुपैयाँको रक्सी चीन, जर्मनी र फ्रान्सबाट आयात गर्छन् ।

    २.उनलाई ह्विस्की र ब्रान्डी खुबै मन पर्छ । ३. हेन्नेसी ब्रान्डको रक्सीको एउटै बोतलको दुई लाख रुपैयाँ पर्छ र किम त्यसलाई खुबै रुचाउँछन् । ४. किम खानेकुरामा कुनै सम्झौता गर्दैनन् । उनी डेनमार्कबाट उच्च स्तरको सुंगुरको मासु मगाउँछन् अनि इरानबाट माछाको अण्डा । त्यस्तै जापानबाट कोबे बीफ पनि मगाउँछन् ।

    ५.उनलाई फ्रान्सको डिजाइनर सिगरेट मन पर्छ । यीभेस सेन्ट लरेन्ट नामक यो चुरोटको एक बट्टाको मूल्य ४६ सय रुपैयाँ छ । त्यसलाई राख्ने छालाको भाँडोलाई नै १६ हजार रुपैयाँ पर्छ ।

    ६.किमको विलासी जहाज अर्थात् याट पनि छ । यो याटको मूल्य करीब ८० करोड रुपैयाँ छ ।

    ७. किमसँग बीस हजार हलिउड फिल्मको संकलन छ । त्यसो त उत्तर कोरियामा फिल्म आयात गर्न पाइँदैन तर किम आफू चाहिँ हलिउड फिल्मका प्रशंसक हुन् । उनीसँग फिल्म हेर्नका लागि हजार सीट क्षमताको निजी सिनेमाहल पनि छ ।

    ८. उनलाई सार्वजनिक समारोहमा महंगा घडी विना देख्नै पाइँदैन । उनीसँग ८४ करोड रुपैयाँ बराबरको घडीको संकलन रहेको बताइन्छ । एजेन्सी

सम्वन्धित समाचार

हेम गिरी कोलोराडो/अमेरिकाको कोलोराडोस्थित डेन्भर शहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ …

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…