• २०७४ चैत्र ०३ शनिवार

    कैलालीको लम्की चुहा नगरपालिका वडा नं. ४ बलियाका मान बहादुर चौधरी विगत ४ दिन देखि २ छोराछोरी र श्रीमतिलाई उपचारका लागि बाँकेको भेरी अञ्चल अस्पतालमा छन् । फागुन २५ गतेका दिन सुनियोजित ढंगबाट ज्यान मार्ने गरि राती साढे ११ बजे मानबहादुरको पसल(खोका)मा अज्ञात समुह पेटोल छर्केर आगो लगाएका थिए । खोका भित्र ३२ बर्षिया श्रीमति सन्तोषी चौधरी, ढाई बर्षिय छोरा नेत्र विक्रम चौधरी र ९ बर्षिया चौधरी छोरी सुती रहेका थिए ।

    बाहिरबाट पेटोल छर्केर आगो लगाउदा सुतिरहेको तिनै जनाको शरिरमा पनि आगो लागेको थियो । आगोले मान बहादुरको श्रीमति सन्तोषीको अनुहार, खुट्टा र स्तन जलेको छ । छोराछोरीको खुट्टा जलेको छ । शरिरका विभिन्न भाग जलेर सन्तोषीको अवस्था गम्भीर रहेको छ । स्तन जलेर ठुलो घाउ बनेको हुँदा ढाई बर्षिया छोरो दुध खान नपाएर भोकले काकाकुल भएको मान बहादुरले दुखेसो पोखे ।चौधरी घटना बारे अगाडी थपे, ‘राती साढे ११ बजे तिरको घटना हो ।

    श्रीमति छोराछोरीहरु खोकामा सुत्न गए, म एउटा बाख्रा पालेको छु त्यही खाट लगाएर सुते र अलि पछि कतै बाट आवाज आए जस्तो लाग्यो । हेर्दा त छोराछोरी र श्रीमति कराई रहेका थिए । हत्त न पत्त गर्दै खोका नजिक जाँदा आगो लागेको रहेछ । एता उता हेर्दा मोटरसाइकलमा दुइ जना भाग्दै गरेको देखे तर चाहेर पनि उनीहरुलाई समात्न सकिन ।

    यदि उनीहरुलाई समात्न जान्थे भने श्रीमति छोराछोरी खोका भित्र जलेर खरानी हुन्थे । ढोका फोरेर उनीहरुलाई बाहिर निकाल्दा अवस्था छदविक्षत भइसकेको थियो ।’ राती नै लाल रत्न अस्पतालमा सामान्य उपचार पश्चात भेरी अञ्चल अस्पताल थप उपचारका लागि लगिएको चौधरी बताए । यता घटना लगत्तै इलाका प्रहरी कार्यालय मोतिपुरबाट प्रहरी घटना स्थल पुगेका थियो । पीडित चौधरी प्रहरीमा दोषिलाई चाँडो भन्दा चाँडो पक्रेर कानुनी दायरामा ल्याउनका लागि उजुरी समेत दिएका छन् ।

    तर घट्ना भएको ५ दिन भई सक्दा पनि प्रहरीले कुनै प्रतिक्रिया नदिदा उनी निकै निरास भएका छन् । चौधरी यस्तो गम्भिर ज्यान मार्ने प्रकृतिको मुद्धामा ईलाका प्रहरी कार्यालय मोतिपुर गम्भिर नभएको बताए । उता ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख नैनसिंह साँउदले यहि घटनाको दोषी पहिचानका लागि अनुसन्धानमै लागेको बताए । आर्थिक अवस्था कमजोर भएका मान बहादुर अहिले श्रीमति र छोराछोरीको उपचारका लागि सहयोगको याचना गरि रहेका छन् ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…