• पार्टी मुख्यालय काठमाडौ !

    पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकले नयाँ संरचनाअनुसार १६५ निर्वाचन क्षेत्रमा नयाँ क्षेत्रीय कमिटी बनाउने निर्णय गरेको उपाध्यक्ष युवराज ज्ञवालीले बताउनुभयो । यसअघिका २४० क्षेत्रीय कमिटी विघटन गर्दै एमालेले नयाँ कमिटी बनाउने भएको हो ।

    उहाँका अनुसार चाँडै नै प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अहिले एकजना संयोजक रहने गरी कमिटी बन्ने छ । यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्रीय कमिटी ७७ जिल्लाका ३३० निर्वाचन क्षेत्रमा प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीसमेत गठन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

    एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय कमिटी हुने छैनन् जसमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्र बराबर एक संयोजक रहने गरी कमिटी बनाइने छ ।

    बैठकले समानुपातिक प्रणालीको निर्वाचनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्नेसमेत निर्णय गरेको छ । बैठकले नेपालका सात प्रदेशको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने सिट र समानुपातिक सिटका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय गरेको उपाध्यक्ष ज्ञवालीले बताउनुभयो ।

    यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सचिवालयको जिम्मेवारी तोक्नुभएको छ । आज अध्यक्ष ओलीले विज्ञप्ति जारी गरी सचिवालयमा रहने विभिन्न व्यक्तिलाई नयाँ जिम्मेवारी तोकेको जानकारी गराउनुभयो ।

    उहाँले राजनीतिक तथा पार्टीको अन्य कामकाजलाई सहज र व्यवस्थित बनाउन सचिवालयको नयाँ जिम्मेवारी तोकेको बताउनुभयो । अध्यक्ष ओलीले दिएको नयाँ जिम्मेवारी अनुसार केन्द्रीय सदस्य देवराज घिमिरेलाई विभिन्न पार्टीका नेता एवं पार्टी कार्यालयबाट हुने कार्य सम्पादन, प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य, स्वकीय सचिवमा अनिस दाहाल र प्रेस संयोजकमा चेतन अधिकारीलाई जिम्मेवारी दिएको छ ।

    एमालेको संकल्पः खाना पकाउने ग्यासमा ५० प्रतिशत अनुदान .....

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…