• २०७४ चैत्र ०५ सोमबार

    काठमाडौँ । मानव तस्करको सञ्जालबाट अमेरिका भनेर हिँडेका ६ जना नेपाली पश्चिम अफ्रिकी मुलुक टोगोमा अलपत्र परेका छन् ।

    अलपत्र पर्नेमा बाग्लुङका महेश्वर आचार्य कमलबहादुर घर्ती मनबहादुर श्रीस पुन र अशोक पौडेल तथा सिन्धुपाल्चोकका जीवन श्रेष्ठ र सोनाम छिरी शेर्पा रहेका छन् ।

    गैर आवासीय नेपाली संघका नाइजेरियास्थित केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाका अनुसार झण्डै ६ महिनादेखि टोगोमा अलपत्र रहेका पीडितहरुले हालै आफ्नो उद्धारका लागि आग्रह गरेका हुन् ।

    पीडितमध्ये बाग्लुङ–६ घर भएका महेश्वरका बुवा रुद्रनारायण शर्माले दिएको जानकारीमा उनका छोरा अमेरिका जान भनेर गत वर्ष मंसिरमा हिँडेका हुन् ।

    दलालको लहैलहैमा लागेर अमेरिका जान छोरो हिँडेको हो उसको यात्राका लागि दलाललाई २५ लाख रुपैयाँ बुझाएको थिएँ रुद्रनारायणले फोनमा भने( घरबाट निस्केपछि २ महिना दिल्ली ३ महिना थाइल्यान्ड ४ महिना नाइजेरिया राखिएको रहेछ ।

    बितेको ६ महिनादेखि टोगो भन्ने देशको राजधानीमा एउटा होटलमा राखिएको छ भन्ने खबर पाएको छु । उनले आफ्नो छोरासहित सबै अलपत्र परेकालाई घर फिर्ता ल्याउन काठमाडौं आएर परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने तयारी भइरहेको बताए ।

    अलपत्र पर्नेमध्ये सिन्धुपाल्चोक, बाह्रबिसेका सोनाम छिरी शेर्पाकी श्रीमती केसाङका अनुसार उनका श्रीमान् सोनाम ७ महिनाअघि अमेरिका जान भनी घरबाट निस्किएका हुन् ।

    दलाललाई ३५ लाख रुपैयाँ बुझाएको भन्ने मलाई थाहा छ उनले भनिन्(‘दलालको बोलीमा भर परेर विदेश नजानु भनेकै हुँ अहिले अलपत्र परेका रहेछन् भन्ने सुनेकी छु ।

    अलपत्र नेपालीका साथमा राहदानी र अरु कागजात समेत नरहेकाले तथा घरफिर्ती टिकटका लागि खर्च समेत नरहेकाले टोगोस्थित गैरआवासीय नेपालीको समन्वय जुटाएर पीडितले घर फिर्न चाहेका छन् ।

    पीडितका अनुसार उनीहरुलाई पोखरा बस्ने जिसन श्रीस राजु थाइल्यान्ड बस्ने गोविन्दराज भारती र काठमाडौं बस्ने पर्सा घर भएका मोहन श्रेष्ठ (सुरैन)ले अमेरिका लैजाने भनेर अलपत्र पारेका हुन् ।

    पीडितलाई घर फर्काउन गैरआवासीय नेपाली संघको काठमाडौं मुख्यालयले कानुनी परामर्शदाता उपलब्ध गराउँदै आवश्यक सहयोग उपलब्ध गराउने भएको छ कोषाध्यक्ष थापाले फोनमा भने । (कान्तिपुर दैनिक)

सम्वन्धित समाचार

हेम गिरी कोलोराडो/अमेरिकाको कोलोराडोस्थित डेन्भर शहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ …

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…