• हिंसा र चोटपटक खेप्दै आएका रोहिङगा मुसलमान समुदायका व्यक्तिहरूले म्यानमारमा जातिय द्वन्द्व खेप्दै आइरहेको राष्ट्रसङ्घीय अधिकारीले बताएका छन् ।

    राष्ट्रसङ्घको मानवअधिकार प्रमुख जेईद राड अल हुसेनले सोमबार ‘पाठ्यपुस्तकमा भएको उदाहरण’ जस्तो हिंसा उनीहरूले भोगिरहेको सोमबार बताउनुभएको मेना समाचार संस्थाले जनाएको छ ।

    मानवअधिकार परिषद्को ३६औं बैठकको सुरुमा बोल्दै उहाँले हिंसा प्रभावित क्षेत्रमा म्यानमारका अधिकारीहरूले अवरोध गरेकाले राष्ट्रसङ्घको तर्फबाट अनुसन्धान गर्न नसकिएको बताउनुभयो ।

    अल हुसेनले म्यानमारको राखिन राज्यमा सुरक्षाकर्मीहरूले गरिरहेको क्रुर सुरक्षा कारबाहीको घोर निन्दा गर्नुभयो । राष्ट्रसङ्घीय प्रवक्ताले हिंसामा परी गत तीन हप्ता देखि अहिले सम्म तीन लाख १३ हजार जनता छिमेकी मुलुक बङ्गलादेशमा विस्थापित भएको जानकारी दिनुभयो ।

    बङ्गलादेशमा विस्थापित भएका तीन लाख रोहिङगा मुसलमानहरूलाई खाना, बस्ने सामग्री, पानी, स्वास्थ्य सामग्री र अन्य सहयोगहरू उपलब्ध गराईरहने राष्ट्रसङ्घले यसअघि नै घोषणा गरेको छ । यो बर्षको अन्त्य सम्म यस्तो सहयोग जारी रहने पनि राष्ट्रसङ्घले स्पष्ट पारेको छ ।

    हिंसा र चोटपटक खेप्दै आएका रोहिङगा मुसलमान समुदायका व्यक्तिहरूले म्यानमारमा जातिय द्वन्द्व खेप्दै आइरहेको राष्ट्रसङ्घीय अधिकारीले बताएका छन् ।

    राष्ट्रसङ्घको मानवअधिकार प्रमुख जेईद राड अल हुसेनले सोमबार ‘पाठ्यपुस्तकमा भएको उदाहरण’ जस्तो हिंसा उनीहरूले भोगिरहेको सोमबार बताउनुभएको मेना समाचार संस्थाले जनाएको छ ।

    मानवअधिकार परिषद्को ३६औं बैठकको सुरुमा बोल्दै उहाँले हिंसा प्रभावित क्षेत्रमा म्यानमारका अधिकारीहरूले अवरोध गरेकाले राष्ट्रसङ्घको तर्फबाट अनुसन्धान गर्न नसकिएको बताउनुभयो ।

    अल हुसेनले म्यानमारको राखिन राज्यमा सुरक्षाकर्मीहरूले गरिरहेको क्रुर सुरक्षा कारबाहीको घोर निन्दा गर्नुभयो । राष्ट्रसङ्घीय प्रवक्ताले हिंसामा परी गत तीन हप्ता देखि अहिले सम्म तीन लाख १३ हजार जनता छिमेकी मुलुक बङ्गलादेशमा विस्थापित भएको जानकारी दिनुभयो ।

    बङ्गलादेशमा विस्थापित भएका तीन लाख रोहिङगा मुसलमानहरूलाई खाना, बस्ने सामग्री, पानी, स्वास्थ्य सामग्री र अन्य सहयोगहरू उपलब्ध गराईरहने राष्ट्रसङ्घले यसअघि नै घोषणा गरेको छ । यो बर्षको अन्त्य सम्म यस्तो सहयोग जारी रहने पनि राष्ट्रसङ्घले स्पष्ट पारेको छ ।

     

सम्वन्धित समाचार

हेम गिरी कोलोराडो/अमेरिकाको कोलोराडोस्थित डेन्भर शहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ …

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…