• काठमाडौं। निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन्। उनले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मतदाता परिचय वितरणको कार्यक्रम बिहीबार, शुक्रबार र शनिबार तय गरिएको जनाए।



     



    आगामी सोमबार प्रदेश नम्बर २ अन्तरगतको १ सय ३६ वटा स्थानीय तह निर्वाचन हुँदैछ। सो मतदानका लागि निर्वाचन आयोगले तीन दिन मतदाता परिचय पत्र वितरणको कार्यक्रम तय गरेको हो।



     



    प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता परिचय पत्र वितरणमा सावधानी अपनाउन पनि सबै निर्वाचन अधिकृतहरुलाई सचेत गराए। एकै घरका दुई जना भिन्न भिन्न राजनीतिक दलका उम्मेदवार समेत रहेकाले मतदाता परिचय पत्र वितरणमा सावधानी अपनाउनु परेको पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ।



     



    निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास पनि व्यक्त गरेको छ। प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न उच्च सुरक्षा सतर्कता अपनाइएको जनाए। उनले ढुक्क भएर मतदानमा भाग लिन पनि सबै मतदातालाई आह्वान गरे। निर्वाचन आयोगले प्रदेश नम्बर २ का आम मतदाता उत्साही भएर निर्वाचनमा जुटेको स्पष्ट पारेको छ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…